इरानी स्टारले एन्जेलिना जोली देखिने चक्करमा रुप बिगारिन्, नराम्रो फोटो अपलोड गरेको भन्दै सरकारले हाल्यो १० बर्ष जेल

राम्री हुने चक्करमा महिला कुन हदसम्म जान्छन् भन्ने देखिएको छ । इरानमा एक महिलाले राम्री हुने चक्करमा आफ्नो रुप मात्र गुमाउनु परेको छैन, जेल समेत जानु परेको छ ।

हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोली जस्तो देखिने चक्करमा इरानी स्टार शहर ताबरले ५० पटक आफ्नो अनुहारको प्लास्टिक सर्जरी गरेर चर्चामा आएकी थिइन् । अहिले उनलाई अदालतले १० वर्षको जेल सजाय सुनाएको छ ।

ताबर सामाजिक सञ्जालमा आफ्नो गलत तस्वीर साझा गरेको आरोपमा गत अक्टुबरमा पक्राउ परेकी थिइन् । अब उनको वकिलले शहरलाई दश वर्षको सजाय हुने जानकारी दिएका छन् । इरानमा इन्स्टाग्रामबाहेक अन्य सामाजिक सञ्जाल चलाउन पाइँदैन ।

एन्जेलिना जस्तो देखिने चक्करमा ५० पटक प्लास्टिक सर्जरी गराएर अनुहार बिगारेकी शहर निकै डरलाग्दो देखिन्छिन् । आफ्नो डरलाग्दो फोटो इन्स्टाग्रामना हाल्न थालेदेखि नै इरानमा उनका विरुद्ध विरोध भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस