संसद विघटन बिरुद्ध पलेटी कसेर धर्नामा बसे प्रचण्ड माधव नेपाल सहितका नेता

पुष १० काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि त्यसको सर्वत्र विरोध भईरहेका बेला प्रचण्ड माधव नेपाल नेतृत्वको नेकपा पनि आन्दोलित बनेको छ ।
आन्दोलनकै क्रममा आज प्रचण्ड माधव कुमार नेपाल सहितका नेताहरु माईतीघरमा छातीमा प्लेकार्ड टाँसेर धर्नामा बसेका छन् । उनीहरुले अगाडी झण्डा बिच्छ्याएर छातीमा हामी यहाँ छौ लेखेको प्लेकार्ड टाँसेर धर्नामा बसेका छन् । त्यस्तै उनीहरु पछाडी अन्य नेता र सांसद पनि धर्नामा सामेल भएका छन् ।
यो धर्ना पछि उनीहरु सर्वोच्च अदालत र निर्वाचन आयोग जादैछन् ।

प्रतिक्रिया दिनुहोस