२७८ संक्रमित आइसियु र भेन्टिलेटरमा, ३ हजार ३४९ जना होम आइसोलेसनमा

काठमाडौं – देशभर हाल २ सय ७८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय २८ जना आइसियु र ५० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ११३ आइसियु र ६ भेन्टिलेटरमा, प्रदेश २ मा ५ आइसियु र ३ भेन्टिलेटरमा बागमती प्रदेशमा ८१ आइसियु र २९ भेन्टिलेटरमा, गण्डकीमा ७२ आइसियु र ८ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४४ आइसियु र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा १० जना आइसियु र १ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ३ आइसियु र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल ३ हजार ३ सय ४९ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ६ हजार ७ सय ४९ कुल सक्रिय संक्रमितमध्ये ३ हजार ३ सय ४९ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४ सय जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र १ हजार ५ सय ९ जना संक्रमित होम आइसोलेसनमा छन्।

प्रदेश १ मा ८६, प्रदेश २ मा ३१, गण्डकी प्रदेशमा ५ सय ३, लुम्बिनी प्रदेशमा ७ सय ३७, कर्णालीमा ९० र सुदूरपश्चिममा ३ सय ९३ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस