माइतीघर मण्डलामा संसद विघटनको विरोधमा प्रदर्शन, ‘जो रक्षक, उही भक्षक’ (तस्वीर)

काठमाडौं, ११ पुष । नागरिक समाजको अगुवाईमा संसद विघटनको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ ब्यानरमा शनिबार भएको विरोध प्रदर्शनमा प्रदर्शनकारीहरुले संसद विघटनको विरोध गरेका छन् ।

‘जो रक्षक, उही भक्षक’, ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘संविधानमाथि तिरै तिर, प्रतिगामीलाई खिरैखिर’लगायतका प्लेकार्डसहित संसद विघटनको विरुद्धमा प्रदर्शन गरिएको हो ।

बृहत नागरिक आन्दोलनले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै १८ गतेसम्म दिन विराएर प्रदर्शन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस