क्यान्सर पिडित करिष्मा पुन मगरलाई सके सहयोग नसके सक्दो सेयर गर्नुहोस् ।

काठमाडौं । रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका १२ कि क्यान्सरपीडित करिश्मा पुनमगरको आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको छ । सामान्यतया गाउँमा खेति किसानी गरेर गुजारा गर्ने पुन परिवारमा गरिबीको कारणले उपचार गर्न समस्या भएको हो ।

बोन म्यारो क्यान्सर बढ्दै गएपछि दुखाइ पनि निकै बढेको उनले बताइन । ‘दुखाइले निकै गाह्रो भएको छ’ उनले भनिन् , ’ अहिले जताततै बाट सहयोग पाइरहेको छु , उपचार गर्न पाइने भएपछि निको हुने आशा जागेको छ ।’ तर समयमै उपचार गर्न नपाउदा धेरै पीडा खेप्नु परेको उनी बताउछिन् ।

राम्रोसँग छोरीको उपचार गर्न पाए खुशि हुने थिएँ’ करिश्मा कि आमाले भनिन , ’ थोरैथोरै भए पनि सबैले सहयोग गरे उपचार गराउन पाउने थिएँ ।’ आर्थिक अभावका कारण लामो समयसम्म पनि उपचार गराउन सकेको छैन ‘उपचार गराएर निको पार्ने इच्छा हुँदा -हुँदै पनि आर्थिक अभावका कारण लामो समयसम्म घर मै राख्नु पर्याे’ उनले भनिन् ।

अधबैंस उमेरकि बिनिमाया पुन मगरले श्रीमान गुमाएको १२ बर्ष भयो । ३ छोरीको सहारा बन्दै आएकि पुन अहिले माइलि छोरीको उपचारका लागि भौतारिदै आएकि छ्न ।

श्रीमानको मृत्यु भएको १२ बर्ष भयो गाउँमै जेनतेन ३ छोरीलाई पढाउदै आएकि थियँ । दैबले एकैचोटि खुशि लुटिदियो करिश्माकि आमाले भक्कानिदै भनिन् ,, थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेजमा गयौं त्यहाँ चार / पाँच लाख मात्रै सकियो निको हुने केहि संकेत देखिएन ।

त्यसपछि काठमाडौंको बानेश्वरमा रहेकोे सिभिल अस्पतालमा भर्ना गरेँ त्यहाँ पनि उपचार खर्च २५ लाख जति लाग्ने भएकोले पैसाको अभाव हुँदा छोरीलाई घरमै ल्याएका छौँ । हप्तामा एकचोटि ट्याक्सी बुक गरेर अस्पताल जानुपर्छ । यहाँ हाम्रो खानबस्न समेत ठेगान छैन । त्यति धेरै पैसा कसरी ल्याउने ?

पढेर कमाउने छोरी लाई क्यान्सर भएपछि उनको परिवारमा बिचल्ली छाएको छ । घरमा तिन छोरी र आमासहित ४ जना छन् । गरिविका कारणले उनीहरुले विभिन्न समस्या झेल्दै आएका छन् । जेठि छोरी १२ कक्षा र कान्छी छोरी ले कक्षा पाँचमा पढ्छिन भने १६ बर्षीया माइली छोरी पढ्दा पढ्दै क्यान्सरका कारण पढाई बाट बन्चित भएकि छिन् ।

उपचारका लागी सहयोग जुट्दै : आर्थिक अभावका कारण रोग पालेर बस्न बाध्य भएकि उनको सहयोगमा स्वदेश तथा बिदेशमा रोजगारी गर्ने युवाहरु आर्थिक सहयोग संकलनमा जुटेका छन् । गरिबीका कारण उपचारमा समस्या देखिएको पुनको उपचारका लागी सहयोग जुटेको छ । आर्थिक अभावमा क्यान्सर संग लडिरहेकि करिश्मा पुनलाई स्वदेश तथा बिदेश बाट सहयोग प्राप्त भएको हो ।

पुनको उपचारका लागी सहयोग रकम जुटाउदै आएका निकेश श्रेष्ठका अनुसार पाँच हजार ,दश हजार गर्दै दिनहुँ सहयोग रकम थपिएर ९ लाख ५० हजार जम्मा भैसकेको र थप रकम जुटाउन लागि रहेको जानकारी दिए । उपचारमा सहयोग पुर्याउन संगिता सामना र श्रेष्ठ लागिरहेका छन् । लम्जुङ गाउँबेसि अनलाइन र प्रेम बोहराको पहलमा जम्मा भएको रकम हस्तान्तरण गरीएको छ । उनीहरुले २२ हजार रुपैयाँ संकलन गरी पठाइदिएका छन् ।

उनिहरुको सो रकम बिरेन्द्र ओलि मार्फत परिवार समक्ष पुर्याइएको हो । ओलिले पीडितकि आमा बिनिमाया लाई सहयोग रकम हस्तान्तरण गरे । करिब ६ महिनादेखि क्यान्सरबाट थलिएकि छोरीको उपचारका लागि थप आर्थिकको आवश्यकता पर्ने भएकोले परिवारले आर्थिक सहयोगको याचाना गरेका छन् । आर्थिक सहयोग जुटेपछि उनलाई उपचारका लागी अस्पताल भर्ना गर्ने परिवारको अपेक्षा छ ।
थप सहयोग को लागि सम्पर्क : 01-4034291 भिडियो हेर्नुस् :

प्रतिक्रिया दिनुहोस