२ साता अघि विवाह गरेर श्रीमान्को घर गएकी इन्जिनियर छोरीको जब मृत्युको खबर आयो, पोष्टमार्टम रिपोर्टले खुलायो यस्तो रहस्य

एजेन्सी । दुई साता अघि मात्र बेहुली बनेकी एक इन्जिनियर युवतीको रहस्यमय निधनको खबरले मिडिया तातेको छ । १७ दिन अघि मात्र विवाह गरेर वेहुलाको घर गएकी सफ्टवयर इन्जिनियर युवतीको रहस्यम निधन भएको हो । यो घटना भारत यूपीको कानपुरमा भएको मिडियाले जनाएका छन् ।

रहस्यमय निधन पछि गरिएको पोस्टमार्टम रिपोर्टमा उनको निधन स्वभाविक देखिएन । उनको निधनमा अरु कसैको हात भएको प्रष्ट भएको छ । विवाह भएर घर गएकी युवती शौचालयमा लडेर निधन भएको भन्दै परिवारका सदस्यले माइतीमा खबर गरेका थिए । घटनाको खुलासे पछि प्रहरीले युवतीको श्रीमान् लाई पक्राउ गरेको छ ।

यो नौबस्ता प्रहरी स्टेशन क्षेत्रका केशव नगरको कुरा हो। जहाँ बस्ने सफ्टवेयर इञ्जिनियर अर्जुको विवाह अमनदीपसंग भएको थियो । मध्यप्रदेशको सहडोलमा बस्ने व्यापारी नीरज गुप्ताले सफ्टवेयर इन्जिनियर छोरी अर्जुको विवाह गराइदिएका थिए । अर्जु सफ्टवेयर इन्जिनियर पनि थिइन, तर विवाहको कारण उसले यस महिना आफ्नो जागिर छोडिन्।

अर्जुका भाई अमन भन्छन् कि डिसेम्बर २५ मा उनको भाउज्यूले अर्जु बाथरूममा लडेको भन्दै फोन आयो । उनको स्वास्थ्य निकै विग्रिएको पनि बताइएको थियो । तर माइती पक्ष घर पुग्दा उनको निधन भइसकेको थियो । घटना भएकै दिन छोरीसंग आफुहरुको राम्रै कुराकानी भएको पनि माइतीले बताएका छन् । उनीहरुले घटना रहस्यमय भन्दै प्रहरीमा उजुरी दिए । घटनामा कम्तिमा चार व्यक्ति यसमा संलग्न भएको उनीहरुको आरोप थियो ।

पोस्टमार्टम रिपोर्टमा अर्जुको निधनको कारण भने अर्कै आयो । उनको निधन श्वास फेर्न नसकेका कारण भएको खुलासा भयो । उनको घाँ टी थिचेर निधन भएको संकेत प्रहरीले पाएपछि अनुसन्धान अघि बढाइएको छ । प्रहरीले उनको श्रीमानलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ 

प्रतिक्रिया दिनुहोस