प्रचण्डको स्वभाव र माधवको कुण्ठाले एकता संकटमा छ भन्दै गर्जिए पोखरेल…

काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालकै कारण पार्टी एकता संकटमा पुगेको बताएका छन्।

उनले काठमाडौंमा मजदुर विशेष जिल्ला कमिटीको आयोजनामा पुतलीसडकस्थित जिफन्टको प्रांगणमा आयोजित अगुवा कार्यकर्ता भेलामा कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

उनले पार्टी एकताको प्रमुख जड प्रचण्ड र माधव नेपाल नै भएको दाबी गरे। ‘प्रचण्डको छिटोछिटो तरंगित हुने स्वभाव पूर्व-एमालेको नवौं महाधिवेशनमा पराजित भएका नेपालको हार नस्वीकारी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीविरुद्ध कुण्ठैकुण्ठा बोकेर हिँड्ने नेपालको प्रवृत्तिको कारणले संकट निम्तियो’ उनले भने।

प्रचण्डले पार्टी एकतापछि कब्जा गर्ने प्रयास गरेको कारणले समस्या भएको तर्क गरे। ‘पार्टीभित्र समस्यामा निर्णायक भूमिकामा उहाँ नै हुनुहुन्छ। प्रचण्ड पार्टी एकता गर्दा नै पार्टी कब्जाको सोचमा हुनुहुन्थ्यो’ उनले भने।

प्रतिक्रिया दिनुहोस