अनौठो समाचार : यिनी मान्छेले आफ्नो सम्पूर्ण सम्पति कुकुरको नाममा गरे हेर्नुहोस् यस्तो छ कारण..

एजेन्सी । आफुले जन्मदिएका छोराहरुले वेवास्ता गरेपछि एक वृद्ध पुरुषले आफ्नो सबै सम्पत्ती श्रीमती र कुकुरको नाममा आधा आधा भाग लगाइदिएका छन् । सम्पत्तीकै लागि छोराहरुले बुवाआमाको अपमान गर्ने गरेपछि उनले यस्तो निर्णय लिएका हुन् ।

यो घटना भारत मध्य प्रदेशको छिन्द्वारामा भएको हो । उनी एक किसान हुन् । आफ्ना छोराको व्यवहारबाट दिक्क परेका उनले आफ्नो सम्पत्तीको आधा आफ्नो कुकुर ज्याकी र आधा पत्नी चम्पाको नाममा नामसारी गरिदिएका छन् । किसानको यस्तो निर्णयबाट सबै छक्क परेका छन् ।

बादीबाडा गाउँका किसान ओम नारायणले आफ्नो कुकुरको वफादारीताका लागि राम्रो इनाम दिए । उनले कुकुरले जति पनि छोराछोरीले वफादारी नदेखाएको भन्दै छोराछोरीकै अगाडी कुकुरलाई आफ्नो सम्पत्तीको आधा हकदार बनाइदिए । किसानले आफ्नो सम्पत्तिको आधा अंश कुकुरलाई र आधा अंश श्रीमती चम्पाको नाममा लेखिदिएका छन्।

किसान ओम नारायण आफ्ना छोराको व्यवहारबाट धेरै दुखी थिए । किसानले कानुनी कागज बनाए जसमा आफुले पालेको कुकुरलाई उत्तराधिकारी घोषणा गरेका छन्। ५० बर्षे किसान ओम नारायण वर्माले आफ्नो इच्छामा लेखेका छन् कि मेरी श्रीमती र घरपालुवा कुकुरले मेरो सेवा गर्छन् त्यसैले यिनीहरु नै मेरा प्रिय हुन् । मेरो निधन पछि मेरो सम्पत्तीको हकदार श्रीमती चम्पा वर्मा र एउटा कुकुर हुनेछ । कुकुरको सेवा गर्ने व्यक्ति सम्पत्तिको अर्को उत्तराधिकारी हुनेछ ।

किसान ओम नारायण वर्मा भन्छन् कि पारिवारिक विवादका कारण रिसाउँदै उनले आफ्नो पाल्तु कुकुरलाई २ एकड जग्गा दिएका छन्। परिवारमा उसको हेरचाह गर्नेले उसको सम्पत्ति पाउनेछ।

प्रतिक्रिया दिनुहोस