घरको पुजाकोठामा भगवान विष्णु स्वरुप मानेर पुजिने सालिग्रामको स्थापना गर्नुहोस,सबै समस्याबाट मिल्नेछ मुक्ति

सनातन धर्म अनुसरण गर्ने धेरै मानिसहरूलाई शालिग्रामको बारेमा थाहा हुन्छ। कालो रंगको चिल्लो अण्डा आकारका ढुंगाको स्वरूपमा शालिग्रामको पूजा गरिन्छ। भक्तजनले शालिग्राम घरमा ल्याएर सिधै आसनमा विराजमान गराएर पूजा गर्न सक्छन्। शालिग्रामलाई भगवान श्री हरि विष्णुको स्वरूप पनि मानिन्छ। शालिग्रामलाई घरमा राखेर नियमित पूजा गर्नाले धेरै समस्याहरूबाट मुक्त हुन सकिन्छ। घरमा खुशी र समृद्धि आउँछ

शालिग्रामलाई भगवान विष्णुको स्वरूप मानिन्छ, त्यसैले उहाँलाई तुलसी अर्पण गर्नुहोस्। तुलसीबिना शालिग्रामको पूजा अपूर्ण मानिन्छ। यसरी स्वच्छ मनले शालीग्रामको पूजा गर्नाले हरेक कार्यहरूमा सफलता प्राप्त मिल्दछ। शालिग्राम र माता तुलसीको विवाहको प्रावधान पनि छ। भनिन्छ कि तुलसीको विवाह गरियो भने कन्यादान जस्तो सद्गुण फल प्राप्त हुन्छ।

यसो गर्नाले सबै प्रकारका पाप, कलह, आदि नष्ट हुन्छन्।तपाईंको घरमा धन सम्बन्धि समस्या छ भने पनि शालिग्राम स्थापना गरेर पूजा गर्न सक्नुहुनेछ। किनकि घरमा शालिग्राम हुनु भनेको विष्णु र माता लक्ष्मीको बास हुनु हो। शालिग्रामको नियमित पूजा गर्नाले र जल अर्पण गर्नाले सबै प्रकारका कष्ट दूर हुन्छन्। घरमा कुनै पनि प्रकारको अभाव हुँदैन। शालिग्रामको अभिषेक गरिएको जल आफ्नो शरीरमा छर्कनु मात्र तीर्थयात्रा र यज्ञको समान हुन्छ।

शालिग्रामलाई नियमित स्नान गराएर चन्दन लगाउनु पर्छ। त्यसपछि तुलसीदल अर्पण गरेर चरणामृत चढाउनु पर्छ। यसले तपाईंको सबै मानसिक, शारीरिक र वित्तीय समस्याहरू समाधान गर्न मद्दत गर्दछ। भनिन्छ कि भगवान शिवले पनि शालिग्रामको प्रशंसा गर्नु भएको थियो। तसर्थ, शालिग्राम घरमा राख्दा महादेवको पनि कृपा प्राप्त गर्न सकिन्छ। धर्मशास्त्रका अनुसार शालिग्राम भएको ठाउँ मन्दिरको समान हुन्छ।

यो पनि :अकलादेवी मन्दिर,जहाँ आँफै बज्छन मन्दिरका घन्टी !तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित निकै पुरानो धार्मिक स्थल अकलादेवी मन्दिरलाई उजिल्याउन स्थानीयवासी जुटेका छन् । यस ठाउँलाई धार्मिक पर्यटनको गन्तव्य स्थल बनाउन सकिने भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयवासी यस ठाउँको प्रचारप्रसारका लागि जुर्मुराएका हुन् ।

मन्दिरको आफ्नै विशेषता छ, त्यो हो – मन्दिरमा रहेका घण्ट आफैं हल्लिनु । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला । कसैले नहल्लाइकन पनि घण्ट आफैं हल्लिन्छ र ? तर, मन्दिरमा रहेका घण्ट आफैं हल्लिएको देख्दा यहाँका स्थानीयवासी मात्र होइन मन्दिरमा पूजाअर्चना गर्न जाने भक्तजन समेत चकित पर्ने गरेका छन् ।

अकलादेवी खुशी भएका बेला मन्दिरभित्र रहेको घण्ट आफैं हल्लिने र बज्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ । देवी प्रशन्न भएको अवस्थामा रातको समयमा घण्ट बज्ने गरेको स्थानीयवासी बालहरि घिमिरे बताउँछन् ।

“यज्ञयज्ञादि, धार्मिक अनुष्ठान र पञ्चबलि दिएका बेला देवी प्रशन्न भएर घण्ट बज्ने र हल्लने गरेको छ,” उनले भने – “यो दैवीशक्तिको चमत्कार हो ।” विसं २०४२ देखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासी बताउँछन् ।

त्यो बेला तत्कालीन प्रज्ञा पण्डित गङ्गाधर घिमिरेलगायत स्थानीयवासीले यस बारेमा जानकारी गराएपछि ‘यो दैवीशक्ति हो र यसको संरक्षणका लागि केही काम गर्नुपर्छ’ भनेर संरक्षणको काम शुरु स्थानीयवासी बताउँछन् ।अकला मन्दिरको बाहिर पुरानो आदिकालदेखिको सिंह र नन्दिनी अर्थात् साढेको स्तम्भ छ । उक्त प्रतिमा निकै पुरानो रहेको अनुमान लगाइन्छ । मन्दिर नजिकै पञ्चबलि दिने स्थान र हवनकुण्ड पनि छ ।

अकलादेवी मन्दिरको दक्षिण पश्चिममा रुद्रदेवीको मन्दिर छ । अकलादेवी र रुद्रदेवीको महिमा गानका लागि वर्षमा चार वटा रुद्री लगाउने गरिन्छ । यस ठाउँमा हरेक वर्ष वैशाख, साउन, कात्तिक र माघमा रुद्री लगाउने प्रचलन रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस