छोरीको नाममा बाबुले लेखेको एउटा मुटु हल्लाउँने अन्तिम पत्र एकपटक अवस्य पढ्नुस्

काठमाडौं । एउटा घरमा बाबा र ११ बर्षिय छोरी बस्ने गर्थे । एक दिन त्यो ११ बर्षिय छोरीले बाबालाई सोध्छे… छोरी : बाबा हजुर मलाई मेरो १५ औं जन्मदिनमा के उपहार दिनुहुन्छ ?

बाबाः त्यो आउन धेरै समय बाँकी छ छोरी ।
त्यो छोरी १४ वर्षको उमेरमा हिड्दै गर्दा एक दिन अचानक बिरामी हुन्छे । बेहोस भएर ढलेकी छोरीलाई उसका बाबुले अस्पताल लिएर जान्छ । विभिन्न चेक जाँच पछि अस्पतालका डाक्टरहरुले बाबुलाई छोरीका रोगका बारेमा बताई दिन्छ । डाक्टरले भन्छन्, ‘तपाईंको छोरीको मुटु खराब छ र जुन्सुकै बेला पनि उस्को मृत्यु हुन सक्छ ।’

अस्पतालको बिस्तारामा सुतिरहेकी छोरीले बाबुको मलिन अनुहार देखेर सोध्छ, ‘बाबा डाक्टरले हजुरलाई म मर्दैछु भनेको हा ?’ बाबुले मुसुक्क मुस्कुराउँदै भन्छ, ‘होईन छोरी तिमिलाई केही पनि हुँदैन, म मेरो बेटालाई कहाँ अहिल्यै मर्न दिन्छु र ?’ छोरीले फेरी सोध्छे, ‘तपाईं कसरी भन्न सक्नुहुन्छ, म मर्दिन भनेर ?’ त्यो बाबुले छोरकिो निधारमा मायालु चुम्बन गर्दै मलाई थाहा छ छोरी भन्छ र गहभरी आँसु लिएर त्यहाँबाट बाहिर निस्कन्छ ।

जब उ १५ वर्षकी हुन्छे पुरै सन्चो भएर घर फर्किन्छे । उसले घर आउँना साथ एउटा चिट्ठी पाउँछे । जुन उसकी आन्टीले उसलाई दिन्छिन । त्यो चिट्ठी उसलाई सम्बोधन गरेर उसका बाबुले लेखेको हुन्छ । जहाँ लेखिएको हुन्छ…..

मेरी प्रिय छोरी…
यदि तिमी यो पत्र पढ्दै छौ भने बुझ्नु सबै राम्रो भएको छ । जुन मैले तिमीलाई भनेको थिएँ । तिमीलाई याद छ बेटा…एकदिन तिमी मलाई सोधेकी थियौ की “बाबा मेरो १५ औं जन्मदिनमा हजुर मलाई के उपहार दिनुहुन्छ’ भनेर । मलाई त्यो बेला थाहा थिएन तर अहिले को उपहार तिमीलाई मेरो ‘मुटु’ हो । तिमीलाई जन्म दिँदा तिम्रो मामुले हामीलाई छाडेर गएकी थीइन । त्यो त मैले सहेको थिएँ तर तिमी त मेरो मुटु थियौ, मेरो प्राण ! त्यसैले कुनै पनि हालतमा तिमीलाई गुमाउन चाहन्नथेँ । यो पत्र पढेर कहिल्यै दुःखी नहुनु । मेरो मुटुको सधैं राम्रो ख्याल राख्नु है छोरी…..!!!

प्रतिक्रिया दिनुहोस