बैदेशिक रोजगारिमा दैवले हात र खुट्टा चुʼडेर लग्यो, २ छोरीलाई काखमा च्यापेर चुहिने खरको छानो मुनी बाट बाबाले पिडा पोखे

बैदेशिक रोजगारिमा दैवले हात र खुट्टा चुʼडेर लग्यो, २ छोरीलाई काखमा च्यापेर चुहिने खरको छानो मुनी बाट बाबाले पिडा पोखे

गुल्मी सत्यवती गाउपालिका वार्ड न १ अस्लेवाका यादब पाण्डे १० बर्ष पहिले भारत गए । विवाह गरेको २ बर्षमै उनी भारत जादा श्रीमती गर्भवती थिइन ।

सम्पत्ती कमाउने र सुन्दर परिवार बनाउने सपना बोकेर भारत पुगेका उनका सपना फुल्न पनि पाएनन जब उनी रेल बाट उत्रीदा दुर्घटनामा परे । बेहोस भएका उनी अस्पतालमा बिउँझीए बल्ल थाहा पाए उनका देब्रे तिरका हात र खुट्टा दुबै काटिएका छन ।

उनी बिउँझीएपछी अस्पातलका कर्मचारीले घर कहाँ भनी सोध्दा एक छिन टोलाए र भने मेरो घर छैन त्यस पछि भारतको सम्बन्धित निकायले उनलाई कुनै आश्रममा लगेर राख्यो पाण्डे यस्तो पिडा दायक अवस्थामा पनि आफ्नो घर परिवार गराउन चाहेनन् बर्ष बिती सके पछि उहाको भाई खोज तलास गर्दै उहा संग भेटेर घरमा उनलाई लगियो।

आफ्ना साना छोराछोरी बुढी बाबा आम सबै लाई छोडेर आफ्नो देश नेपालमा एउटा् रोजगार नपाएर भारत मुलुकमा बैदेशिक रोजगारीको लागी जानू भएको गुल्मीका यादव पाण्डे नेपाल आउदा न त धन छ न हात खुट्टा छ केही गरेर खाने अवस्था नै छ।

सहयोगको लागी : यादव घनश्याम पाण्डेय। कैलास विकास वैंक, 0540080023068700001, रुद्रवेणी शाखा गुल्मी ।

समाजसेवी सन्तोष गौमत, घनश्याम पाण्डे, सन्तोष पाण्डे लगायत भुवन भुसाल र कमला घिमिरे को सहयोगमा तैयार पारिएको यो सामग्री ।

प्रतिक्रिया दिनुहोस