सुन्तला राखेको झोला खोलेर हेर्दा झस्कियो प्रहरी,

कैलाली, २० पुस – बर्दगोरिया गाउँपालिका-४ छतिवन सामुदायिक वन नजिकबाट १ सय ७१ ग्राम ९ सय ६० मिलीग्राम तौल बराबरको गैँडाको खाग जस्तो देखिने वस्तु सहित सोही गाउँपालिका-५ बस्ने ५८ वर्षीय नयन बहादुर कठरियालाई सोमबार बिहान प्रह’रीले प’क्राउ गरेको छ ।

संघीय प्रहरी ईकाइ कार्यालय धनगढीबाट खटिएको प्रहरीले ना.३ स ५७१८ नम्बरको अटो जाँच गर्नेक्रममा अटो पछाडी सिटमा सुन्तला राखेको झोलाभित्र लुकाएको उक्त वस्तु सहित अटोका चालक नयन बहादुरलाई प’क्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानका लागि ईलाका प्रह’री कार्यालय सुख्खड पठाइएको संघीय प्रह’री इकाई कार्यालय धनगढीले जनाएको छ ।

यो पनि पढ्नुहोस

काठमाडौंमा नायक पल शाहले किने करोडौको घर ! पुजाले दिइन् बधाइ
नायक पल शाहले घर किन्ने भएका छन् । उनले यसका लागी बैना गरिसकेको र घर किन्ने पक्का जस्तै भइसकेको बताएका छन् । एक अन्र्तवार्तामा उनले घर किन्नका लागी बैना गरिसकेको बताएका हुन् ।

उनले सपनको घर किन्न लागेको भन्दै खुशी समेत व्यक्त गरेका छन् । यद्यपी उनले घरको मूल्य भने खुलाएनन् । उनले घर किन्ने भएपछि नायिका पुजा शमाले पल शाहलाई बधाइ दिएकी छन् ।

पल शाह पछिल्लो समय म्युजिक भिडियोमा अत्यन्तै व्यस्त रहेका छन् । कोरोना सुरु भएपछि लकडाउन यता मात्रै उनले म्युजिक भिडियो खेलेरै ३ करोड कमाएको समाचार बाहिर आएको थियो । पल अभिनित पछिल्लो फिल्म म यस्तो गीत गाँउछु हो जुन प्रर्दशनको तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस