ओलीको असंवैधानिक कदम बिरुद्ध सडकमा सँयुक्त रुपमा उत्रन काँग्रेस र जसपालाई माधव नेपालको अनुरोध

पुष २१ काठमाडौँ । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधवकुमार नेपालले ओलीको असंवैधानिक कदम बिरुद्ध सगँै सडकमा आउन अपील गरेका छन् ।
संसद् विघटन असंवैधानिक भएको भन्दै जसपाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले सनकका भरमा संसद् विघटन गरेकाले त्यसका विरुद्धमा सबै एक जुट हुनु पर्ने आवस्यकता रहेको बताए ।

एकजनाको सनकको भरमा, एकजनाको गलत व्याख्याको आधारमा सिंगो मुलुक कुर्बान हुन सक्दैन । देशको भाग्य र भविष्य खाडलमा पार्न सकिँदैन । यो अधिनायकवादको विरुद्धमा मञ्चमा मात्रै होइन सडकमा पनि सँगसगै अगाडि बढौं,ु नेपालले भने ।

प्रतिक्रिया दिनुहोस