बाबुले संसार छाडे आमा दुवै आँखा नदेख्ने छिन्, यी सानानानीबाबुहरु जस्ले खाने कुरा पाउँदैनन्, तरपनि कसरी बाँच्दैछन् ?

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको वडा नं. १ मा रहेको दांसिग गाउँमा बस्छिन् कान्छिमाया तामांग । कान्छिमाया एक दृष्टिबिहीन महिला हुन् । उनले दुवै आँखा देख्न सक्दिनन् । जन्मदै उनको आँखाको ज्योति थिएन । सानैबाट संसारको उज्यालो देख्न नसकेकी कान्छिमायाको तीन सन्तान छन् । तीनैजना उत्राउत्रै जस्तै देखिन्छन् । ती आफ्नी तीन सन्तानलाई कान्छिमायाले एक्लैले हुर्काउँदै छिन् । तर कसरी ? भन्ने प्रश्न आउँछ ।

आफु आँखा देख्न नसक्ने । श्रीमानले पनि आफु र छोराछोरीसंगै यो संसार छाडेको झण्डै सात महिना हुन लागेको रहेछ । घर सकुशल भनिएका उनै मात्र थिए रे । उनले पनि यो संसार नै छाडेर गए । श्रीमानले यो संसार छाडेपछि कान्छिमाया पुर्ण रुपले एक्लो हुन पुगिन् । श्रीमानको मृत्युपछि उनको काँधमा घरको र छोराछोरी दुबैको जिम्मेवारी आईलाग्यो । उनी भन्छिन्,‘आँखा देख्नि भनेर काम गर्न नसक्ने भन्दै कसैले काम पनि दिंदैनन् । यिनीहरुलाई कस्ले दिन्छ खाना खुवाउनु ? म आँखा देख्न सक्दिन । गाह्रो छ ।’

कान्छिमायाको यो कुराले मन भारी बनायो । उनले यो कुरा सजिलै हाँसी हाँसी सुनाईन् मानौं कि उनलाई असहज भन्ने भएकै छैन । सायद हुन सक्छ आफ्नो दुःख अरुलाई देखाउन र सुनाउन चाहिनन् कान्छिमायाले । उनको भनाई अनुसार उनका छोराछोरीले ननुहाएको थुप्रै भयो । कस्ले नुहाँईदिने ? उनले आँखा देख्न सक्दिनन् । आँखा देख्न सक्नेहरु न उनको घरमा आउँछन् न त उनी र उनका छोराछोरीलाई सहयोग गर्छन् । भिडियोसहित

प्रतिक्रिया दिनुहोस