आज बुधबार पत्याउनै नसकिने गरि यस्तो भयो सुनको मुल्य !

काठमाडौँ । बुधबार पनि सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रति ३ सयले बढेर प्रतितोला ९६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको ९६ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार २ सय रहेको छ । त्यसैगरी बुधबार चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस