फुटपाथमा कुकुरसँग सुतेका बच्चाको तस्विर भाइरल, के छ वास्तविक कहानी ?

काठमाडौं । सामाजिक सञ्जालमा एउटा तस्विर एकदम भाइरल भइरहेको छ । यसमा, एक बच्चा फुटपाथमा कुकुरको साथ सुतिरहेका छन् । यो तस्विर भाइरल हुने बित्तिकै केही शीर्ष प्रहरी अधिकारीहरूले बच्चालाई सहायताको लागि खोज्न थाले ।

खोज्दै जाँदा पत्ता लाग्यो कि भारत, उत्तर प्रदेशको मुजफ्फरनगरमा यो घटना भएको हो ।जानकारी अनुसार ति बच्चाको बुबा जेलमा छन् उसकी आमाले उनलाई छाडेकी छिन् ।

आमाबाबु नभएपछि उनको साथि कुकुर भएको हो । मुजफ्फरनगर प्रहरीले उक्त बच्चालाई बाल तथा महिला कल्याण विभागमा पुर्याएको छ । यस बाहेक जिल्ला प्रशासनले राम्रो शिक्षाको पनि व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस