जन्मेको २४ महिनाबाटै दैनिक ४० चुरोट पिउने बालक अहिले के गर्दै होलान

एजेन्सी । आजभन्दा करिब ७ वर्ष पहिले सञ्चार माध्यममा एउटा समाचारले जो कोहिलाई पनि अचम्मीत पार्यो । त्यो थियो एक दिनमै ४० वटा खिल्ली चुरोट पिउने एकजना २ वर्षे बच्चाको विषय । इन्डोनेसियाको सुमात्रामा बस्ने आर्दी रिजल नाका ती बालक अहिले र्ना वर्ष का भएका छन ।

उनकी आमाका अनुसार जब उनी १८ महिनाको थिए एक दिन उसका बुवाले आफुले तानिरहेको चुरोट एक सर्को आर्दीलाई पनि तान्न दिएका थिए । त्यसपछि दिन प्रतिदिन चुरोट तान्दै गएका ती वालक दिनमै ४० खिल्ली चुरोट पिउन थाले । जसका कारण पछि उनको स्वास्थ्य अवूथा निकै कमजोर बन्न पुग्यो । त्यसलाई रोक्न त्यहाँको सरकार तथा विभिन्न सरोकारवालाहरुले निकै मिहिनेत गरेपछि उनको चुरोट पिउने बानि बिस्तारै कम हुदै गयो ।

उनको त्यो लत छुटाउन खानेकुरामा ध्यान दिइएको थियो । करिव ५ वर्ष पछि उनको चुरोटको लत त निकै कम भयो तर अचम्मको विषय के भयो भने उनमा अर्काे लतको बिकास भयो, धेरै खानेकुरा खाने लत । जसका कारण फेरी उनले सबैको ध्यान तानेका छन ।

प्रतिक्रिया दिनुहोस