१० हजार अण्डाबाट बनाइएको एउटा अमलेट सिंगो शहरका मानिसलाई चखाइयो, कारण यस्तो

एजेन्सी । १० हजार गोटा अण्डाबाट एउटा अमलेट बनाएको कहिल्यै सुन्नु भएको छ ? यस्तो अनौठो काम बेल्जियमको मालमेडी सहरका मानिसहरुले गरेका हुन् ।

काठबाट बनाइएको भाँडोमा यो भिमकाय अण्डा तयार पारेको बताइएको छ । पछिल्लो समय युरोपेली बजारमा अण्डा संक्रमित भएका बेला अण्डा अभाव भएको हल्ला फैलाइएपछि ब्यबसायीहरुले अण्डा सुरक्षित छ भन्ने सन्देश दिन यस्तो अनौठो काम गरेका हुन् ।

अन्तराष्ट्रिय मिडियाका अनुसार स्वयंसेवी तथा केही चर्चित भान्छेहरुलाई ब्यबसायिले हातमा लिएर यो अण्डालाई तयार पारेका हुन् । अमलेट स्वादिष्ट बनाउनका लागि यसमा हरियो प्याज तथा बेकन पनि हालियो र यसको स्वाद सिंगो सहरलाई चाख्न दिइयो । जसको खबर अहिले विश्वभर भाइरल बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस