अचम्म नहुनुहोस् ! अदुवाको प्रयोगले कपाल बढ्छ, जान्नुहोस् ४ अन्य फाइदा

चिया र स्वादिष्ट व्यञ्जन तयार गर्नका लागि अदुवाको प्रयोग निकै उपयोगी मानिन्छ र साथै सौन्दर्यका लागि पनि त्यति नै महत्वपूर्ण भूमिका खेल्छ, यी सबैलाई थाहा भएकै जानकारी हो । तर के तपाईलाई थाहा छ ? अदुवा तपाईको कपालको लागि पनि निकै उपयोगी हुन्छ, यो सहि कुरा हो । यदि तपाई अझै सम्म यी फाइदाको बारेमा अन्योलमा हुनुहुन्छ भने विशेषगरी यो जानकारी तपाईकै लागि हो ।

१- अदुवाको प्रयोग कपाल बढाउनको लागि पनि गर्न सकिन्छ । यो निकै लाभदायक हुन्छ । यसमा पाईने म्याग्नेशियम, फस्फोरस र पोटाशियम कपालको विकासमा निकै उपयोगी सावित हुन्छ ।

२- कापल बढाउनुको साथै कपाल झर्ने वा टुट्ने समस्यालाई कम गर्न अदुवा निकै फाइदायुक्त हुन्छ । यसको लागि अदुवालाई पहिले पिस्नुहोस् र अब यसमा जैतुनको तेल वा नरिवलको तेल मिलाएर लगाउनुहोस् ।

३- यदि कपालमा चायाको समस्या छ भने अदुवाको उपयोग निकै प्रभावकारी हुन्छ । कपालमा चायाको समस्या हुँदा अदुवालाई पिसेर जैतुनको तेल र कागतीको रसको मिश्रण बनाई कपालको जरामा लगाउनुहोस् र केहि घण्टाको लागी छोड्नुहोस् । हप्तामा दुई-तीन पटक यसो गर्दा लाभ मिल्छ ।

४- कपालको रूखोपन कम गर्नुको साथै यसलाई पोषण प्रदान गर्न अदुवा निकै उपयोगी हुन्छ । यसलाई कागतीको रसमा मिलाएर कपालमा लगाउनुहोस् र मसाज गरिसकेपछि कपाल धुनुहोस् । यसले कपालको रूखोपन तुरुन्त कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस