२४ वर्षकी सुन्दरीले मोटी हुने डरले खान पिउन नै छोडिदिइन्, आफ्नै खुट्टामा उभिन नसक्ने भएपछि चिकित्सकले दिए ज्यानै जाने चेतावनी

एजेन्सी । स्विटजरल्याण्डकी २४ वर्षीया जूलिया जोनसोनलाई आँफु मोटी भएको त के अरु मोटाएको देख्दा पनि रिस उठ्थ्यो । आँफु पनि कते मोटाइ पो हालछु की भन्ने डरले उनले सुरुमा निकै कम मात्रामा खाना खान थालिन् । मानिस जब मोटो हुने डरले खान पिउन नै छोड्छ तब त्यस्तो स्थितीलाई एनोरेक्सिया भनिन्छ । त्यसपछि दिन बित्दै जाँदा उनले खान खाएँ भन्ने तर खाँदै नखाने गर्न थालिन् । उनले स्कूलमा पाइने फ्याट सोडाको साटो डाइट सोडा खान थालिन् । बिहानको खाना खाँदा बटरलाई कि त कानमा राख्थिन् कि कपालमा लगाउँथिन् । उनले खानालाई ब्याग, पकेट वा लुकाउन मिल्ने स्थानमा लुकाउँथिन् ता कि त्यसलाई खान नपरोस् ।

एक दिन एक दिन गर्दै जाँदा खाना नखाँदा बिस्तारै उनको स्वास्थ्यमा नकारात्मक असर देखिन थाल्यो । उनको बीएमआई इन्डेक्स १२ पुगेको थियो । एक स्वस्थ व्यक्तिको बीएमआई इन्डेक्स १८ देखि २४ बिच हुन्छ । उनको तौल ३५ किलोभन्दा मुनी पुगेको थियो । जुलिया हड्डी जस्तो देखिन थालेकी थिइन् । उनी झन् भन्दा झन् कमजोर बन्दै गएपछि आफ्नो खुट्टामा राम्रोसँग उभिन हम्मे हम्मे भयो । तर पनि उनलाई मोटी हुने डर थियो त्यसैले चेक गराइनन् । तर डाक्टरले उनलाई उपचार नगराए उनको ज्यानै जानेसमेत चेतावनी दिएपछि बल्ल उपचार गराइन् ।

प्रतिक्रिया दिनुहोस