क्यान्सरले थलिएकी सासुको मृत्यु भएपछि श्रवणले सासुको शव बोकेर हिँडिरहे, कारण यस्तो दर्दनाक

एजेन्सी। भारतको इलाहाबादका श्रवणकुमार आफ्नी श्रीमती र सासुसँग सोही जिल्लामा नै बस्दै आएका थिए । क्यान्सर रोगले थलिएकी उनकी सासुलाई चिकित्सकले अब धेरै नबाँच्ने भनिदिएपछि उनी सासुलाई गाउँमा लगेर छोडेर आउन चाहान्थे । एकदिन श्रमिती सासु र श्रवणकुमार रिक्सा चढेर गाउँ हिँडे । सोही समयमा उनकी सासुको बिचबाटोमा नै निधन भयो । बाटोमा सासुको मृत्यु भएपछि उनको शवलाई घरसम्म लैजाने पैसा नहुँदा एक ज्वाइँले श्रवणकुमारले जस्तै एउटा काठमा एकातिर सासुको लाश बाँधेर हिँडिरहे। कारण थियो उनको गरिबी ।

श्रवणकुमारले सासुको मृत्यु भएपछि उनको शवलाई घरसम्म लैजाने पैसा नहुँदा एउटा काठमा एकातिर सासुको लाश बाँधेर सन्तुलन मिलाउनको लागि अर्कोतिर ढुंगा बाँधेर ४० किलोमिटर पैदल हिँडेर शवलाई घर ल्याएका छन् । आँफुसँग कत्ति पनि पैसा नभएपछि उनले सासुको शव बोकेर घर नै पुगे । करिब ८ घण्टा पैदल हिँडेपछि उनीहरु आफ्नो गाउँ गोंद कटरा नजिकैको बजार शिवराजपुर पुगे । त्यहाँ अन्य मानिसहरुले उनीहरुलाई चिनेका थिए । उनीहरुले सोधेपछि दुवै पतिपत्नीले पूरै कहानी बताए ।

प्रतिक्रिया दिनुहोस