क्रुर बाबुआमा जसको मन पापैपापले भरिएको थियो, वर्षैदेखि आफ्ना १३ सन्तानलाई चेन र तालाले बाँधेर राखेको आफ्नै छोरीले खोलीन् रहस्य

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसबाट ५९ माइल उत्तर पूर्वमा रहेको पैरिसको एक घरबाट प्रहरीले एक बृद्ध दम्पत्तीलाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गर्नुको कारण हो आफ्नै १३ सन्तानलाई वर्षैदेखि बन्धक बनाएर राख्नु ।

दुईदेखि २९ वर्षसम्मका १३ सन्तानलाई बन्धक बनाउने ५७ वर्षका डेविड एलेन तुर्पिन र ४९ वर्षकी लुइस एना तुर्पिनलाई प्रहरीले उनीहरुकै घरबाट पक्राउ गरेको बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार आइतबार १७ वर्षकी किशोरीले घरबाट भाग्न सफल भएकी थिइन् । उनले प्रहरीलाई फोन गरेर आफ्ना १२ दाइ दिदी तथा भाइ बहिनीलाई घरमा बन्धक बनाएर राखिएको बताए लगत्तै प्रहरीले घरमा छापा मारेर उनीहरुको उद्धार गरेको हो ।

प्रतिक्रिया दिनुहोस