बलात्कारबाट जोगाउने अनौठो पेन्टी बनाइन् यि १९ वर्षे युवतीले, पेन्टीमा छ पासवर्ड

एजेन्सी । ‘रेप प्रुफ पेन्टी’ नामक यस्तो पेन्टी बनाइएको छ जसले युवतीहरुलाई बलात्कृत हुन बाट जोगाउँछ । जसलाई भारतकी एक युवतीलेबनाएकी हुन् ।

१९ वर्षकी सीनू कुमारी उत्तर प्रदेशको र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारमा जन्मे हुर्केकी उनले ब्लेड प्रुफ कपडा प्रयोग गरेर उक्त पेन्टी बनाउन सफल भएकी हुन् ।

जसलाई काट्न वा जलाउन नसकिने उनले प्रेस मिटमा जनाएकी छिन् । साथै स्मार्ट लक, जीपीआरएस र एक रेकर्डर पनि उक्त पेन्टीमा जडान गरिएको छ ।
स्मार्ट कल पासवर्डले मात्र खुल्ने र यसमा एउटा बटम छ, जसलाई थिच्नासाथ इमर्जेन्सी वा १० नम्बर डायल हुने १९ वर्षकी सीनू कुमारीले बताइन् ।

पेन्टीमा राखिएको जीपीआरएसको मदतमा प्रहरीले लोकेसन पत्ता लगाउनेछ र रेकर्डरले आसपासमा जे भइरहेको छ, त्यसलाई रेकर्ड गर्ने सीनू कुमारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस