भारतबाट मजदुर गरेर कमाएको ६ लाख रुपैयाँ खर्चेर धुमधामसंग मागी बिवाह गरे तर सुहागरात मनाउन नदिई बेहुली टाप भएपछि….

गायिका अञ्जु पन्तको –‘ माया एउटासंग बिबाह अर्कोसंग’ बोलको गीतले थुप्रै युवा धड्कनको आत्मासात गरेको छ । उक्त गीत आत्मासात गर्ने पछिल्ला युवा धड्कन हुन, गुल्मीका एक जोडी । उनीहरु हुन रेसुङ्गा नगरपालिका–६ नेटाखर्ककी २३ वर्षिया ललिता बिक र गुल्मी दरवार गाउँपलिका–७ चारपाला काफलचौरका २७ वर्षिय करन सुनार ।

उनीहरुबीच असोज–२७ गते धुमधामसंग मागी बिबाह भएको थियो । यता माईतीमा नयाँ छोरी ज्वाँई पहिलो बर्ष दशैको टिका थाप्न आउने भनेपछि तयारीका लागि भ्याई नभ्याईमा थिए । तर दुर्भाग्य बाबु आमाको त्यो खुशी र दशैंको उत्साहमा निरासा हुन पुग्यो ।

बिबाह गरेको ५ दिन नबित्दै छोरी नव बेहुलालाई छाडेर बेपत्ता भईन । दशैंको संघार देखि अहिले अन्तिम सम्म दुबै परिवारजन उनको खोजीमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा धाई रहेका छन । ललिताका दाजु हिमाल बिकका अनुसार उनी छिमेकी सागर परियार संग भागी बिबाह गरेर भागेको एसएमएस आई सकेको छ । फोनमा कहिले बुटवलमा त कहिले काठमाण्डौ भन्ने गरिएका छन्।

यसै समाचारदाताले फोन गर्दा सागरले फोन उठाए । उनले भने–” म अहिले मिक्सीङ्गमा ब्यस्त छु , तपाई खै को हो मैले चिनिन ।”अर्को पटक फोन गर्दा उठाएनन् । दाजु हिमाल भन्छन–” बहिनी र सागरबीच लभ थियो भन्ने हामीलाई थाह भएको भए हामीले बिबाह गराई दिने थिएनौं । करनजी र हामी पहिल्लै देखिका नातेदार हौं , उहाँहरु माग्न आएपछि हामीले केटा केटीलाई सम्मुख बनाएका थियौं । बहिनी बिबाहका लागि राजी भएपछि कुरा छिनिएको थियो ।’सागरले अघि थपे , सम्पर्कमा आउन नचाहेपछि हामी दुबै परिवार प्रहरीको सहारा लिन आएका हौं ।”

उनीहरुले शुक्रवार जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतलाई भेट गरी यथासिघ्र खोजतलासका लागि आग्रह गरे । झण्डै ६ लाख खर्चेर बिबाह गरेको बताउने करन यति बेला निकै निरास देखिन्छन । उनको भनाई यस्तो छ–” म माथी निकै ठुलो धोका भयो । गर–गहना सहित झण्डै ६ लाख खर्चेर बिबाह गरियो । त्यस अघि उनीसंग बेग्लै बसेर मन खोला खोल भएको थियो । उनी राजी भएपछि बिबाहको कुरा छिनिएको थियो । त्यसरी सागर भन्ने केटा संग पहिलादेखि नै लभ थियो भने उति बेलै भन्नु पर्दथ्यो । जब घर लगियो उनी रोई मात्र रहिन् केहि बोलीनन् । चार पाँच दिन सम्म पनि उनले मलाई नजिक पर्न पनि दिईनन । ”

केटाको भारतबाट मजदुर गरेर कमाएको लगभग ६ लाख रुपैयाँ सकिएको छ । केटिललाई ईमान्दारी पुर्वक सम्पर्कमा आई उनको गर–गहना र अन्य सामाग्री बुझाउन उनले आग्रह गरेका छन् । पछिल्लो चरण माया प्रेम र बिबाह समन्धमा यस्तो घटना नौलो नहुने गरेकोले पनि बिबाह पूर्व केटा केटी दुबैलाई बढी नै सोधपुछ र बिबाह मितिको ग्याव केहि फराकिलो पारेर कुरा टुङ्गाउनु पर्ने देखिन्छ ।

(प्रेम सुनवारले एनबिसी खबरमा लेखेको यो समाचार हामीले साभार गरेका हौ)

प्रतिक्रिया दिनुहोस