ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

काठमाडौं साताको पाँचौ दिन बिहीवार सुनको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ।

बिहीवार छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहिबार १५ रुपैयाँले घटेको चाँदी प्रतितोला एक हजार २ सय ४५ मा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस