सुहागरातमा श्रीमती हातमा दुध लिएर कोठमा छिरेकी मात्र थिइन्, पतिको यस्तो हर्कत देखेर चकित परिन !

त्यो मेरो बिहेको रात थियो। पहिलो पटक म एउटा पुरूषसँग नजिक हुँदै थिएँ। मेरा एकदमै मिल्ने साथीहरूसँग गरेका कुराकानी सम्झिँदै मेरो दिमागमा सपना र चाहनाका अनेकौँ तस्वीरहरु घुमिरहेका थिए। म हातमा एक गिलास दूध लिइ टाउको निहुराएर कोठामा प्रवेश गरेँ। त्यो पूरै परम्परागत शैलीमा थियो जस्तो मैले कल्पना गरेकी थिएँ। तर मैलै सोचेकै थिइनँ एउटा कहालीलाग्दो आश्चर्य मलाई पर्खिरहेको थियो। वास्तवमै एउटा भयङ्कर निराशाजनक। कल्पनामा म कोठा छिर्दा मेरा पतिले मलाई दह्रोसँग अंगालो मारून् भन्ने चाहन्थेँ, निस्सासिने गरी चुम्बनहरू गरून् भन्ने सोच्थेँ र रातभर मलाई माया गरून् भन्ने चाहन्थेँ। तर वास्तविकतामा म कोठामा पुग्दा उनी निदाइसकेका थिए।

म ३५ वर्षकी थिएँ र मसँग शारीरिक सम्पर्क गरेको अनुभव थिएन। त्यो अस्वीकार्यता एकदमै पीडादायी थियो। कलेजको बेला र काम गर्दा मैले धेरै केटा र केटीहरू सम्झनलायक गहिरो मित्रतामा परेको देखेँ। उनीहरू एकअर्काको काँधमा टाउको राखेर बस्थे, एकअर्काको हात समाएर हिँड्थे र मैले डाह गर्थेँ। के मलाई पनि जिन्दगीमा त्यस्तो साथीको चाहना थिएन ? मेरो ठूलो परिवारमा चारजना दाजुभाइ, एक बहिनी र वृद्ध भइसकेका अभिभावक थिए। तर पनि मैले सधैँ एक्लो महसुस गर्थेँ। मेरा दाजुबहिनीको बिहे भइसकेको थियो र उनीहरूको आफ्नै परिवार थियो। बेला–बेला मैले सोच्थेँ मेरो उमेर बढ्दै गएको र म एक्लो भएकोबारे उनीहरू के नै चासो राख्थे र ?

मेरो मुटु प्रेम र चाहनाका लागि जलिरहन्थ्यो। तर म एक्लोपनले घेरिएकी थिएँ। बेला–बेला मलाई लाग्थ्यो कि म मोटी भएकीले यस्तो भएको हो। के पुरूषहरू मोटी महिलालाई घृणा गर्छन् ? के मेरो तौल नै मैले विवाहका लागि उपयुक्त केटा नपाउनुको कारण हो ? के म साँच्चै नै जीवनभर एक्लै रहनुपर्छ ? के म सधैँ कुमारी नै रहन्छु ? यस्ता प्रश्नहरू हरबखत मेरो दिमागमा खेलिरहन्थे। अन्ततः जब म ३५ वर्षकी भएँ। कसैगरी ४० को दशकका एक पुरूष विवाह गर्न आए। हाम्रो कुरा छिन्ने बेलामा मैले मेरा भावना उनीसँग व्यक्त गरे। तर उनले न ध्यान दिए न त जवाफ। उनी अत्तालिएको जस्तो लाग्यो। भुइँतिर निहुरिएर उनी चुपचाप बसिरहे, टाउको पनि खासै माथि उठाएनन्।

मैले सोचेँ पुरूषहरू अचेल महिलाभन्दा बढी लजाउन थालेका छन् र मेरा हुनेवाला पति पनि अपवाद रहेनछन्। तर बिहेको रात म अलमलमा परेँ। मलाई थाहा छैन उनले किन त्यस्तो व्यवहार देखाए। जब मैले भोलिपल्ट सोधेँ, उनले भने– मलाई सञ्चो भएन। तर केही पनि परिवर्तन भएन। हाम्रो दोस्रो, तेस्रो र कैयौँ रातहरू त्यस्तै रहे। मैलै मेरी सासूलाई त्यो कुरा भनेँ तर उनले आफ्नो छोराकै बचाउ गरिन्। ऊ एक लजालु केटा हो जो बच्चैदेखि केटीहरूसँग कुरा गर्न धक मान्थ्यो, ऊ केटाहरू पढ्ने विद्यालयमा पढ्यो र उसकी दिदीबहिनी पनि छैनन् न त विपरीत लिङ्गको कोही साथी नै छ। त्यो स्पष्टीकरणले मलाई तत्कालका लागि केही राहतको अनुभुति दिलायो। तर मैले त्यसबारे सोच्ने क्रम रोक्न सकिनँ।

प्रत्येक दिन मेरा अपेक्षा, सपना र चाहनाहरू मर्दै गइरहेका थिए। यौ न मलाई असहज लाग्नुको मुख्य कारण थियो। उनी मसँग खासै बोल्दैन थिए। उनले मलाई कहिले पनि छोएनन् न त मेरो हात समाए। यदि महिलाले आफूले लगाइरहेको लुगा मात्रै मिलाउन खोजी भने पुरूषहरू तिनलाई घुरेर हेर्छन्। तर राति सँगै सुत्दा पनि मेरा पतिले मलाई हेर्दैन थिए।

के मेरो मोटोपन नै उनको त्यस्तो व्यवहारको कारण थियो ? के दबाबमा परेर उनले मसँग बिहे गरेका थिए ? मलाई आफ्नो पीडा कसलाई सुनाऊँ थाहा थिएन। मेरो आफ्नो परिवार म नयाँ जीवनसँग खुशी थिएँ भन्ने भ्रममा थियो। तर मेरो धैर्यको बाँध टुटिरहेको थियो र मलाई एउटा समाधान चाहिएको थियो।

त्यो दिन बिदा थियो। अस्वभाविक रुपमा उनी बिदाको दिनमा पनि घरमा बस्दैन थिए। उनी या त आफ्ना साथीको घरमा जान्थे या आफ्ना आमाबुबालाई बाहिर लग्थे। तर भाग्यवश त्यो दिन उनी घरमा नै बसे। म उनको कोठामा छिरेँ र ढोका बन्द गरेँ। उनी आफ्नो ओछ्यानबाट जुरुक्क उठे। म उनको नजिक गएँ र आदरपूर्वक सोधेँ, ूतपाईँलाई म मन पर्दिनँ हो ? हामी एक पटक पनि नजिक भएका छैनौँ, तपाईँले आफ्ना भावनाहरू शब्दमा पनि व्यक्त गर्नुभएन। तपाईँको समस्या के हो ?
उनले जवाफ दिए, मलाई कुनै समस्या छैन।ू

उनले के पनि भने भन्दा मैलै उनको ध्यान तान्नुपर्छ र त्यसो गरेर उनको नजिक हुनुपर्छ। मैले निकै आँट गरेँ । मेलै कल्पना गरेकी थिएँ कि मेरो स्पर्शले परिणाम दिनेछ तर म निराश भएँ। मलाई थाहा थिएन र यसबारे कसलाई सोध्ने ? मलाई एकदमै लाज लाग्यो। त्यसले मलाई सतायो। जसरी महिलाको सुन्दरताबारे पुरूषहरू धारणा बनाउँछन्, मैले मेरा पतिको शरीर हेरेर धारणा बनाउन किन मिल्दैन ? मैले पतिबाट अपेक्षा गर्नु गलत थियो र ? त्यसपछि मलाई थाहा भयो कि उनी नपुंसक थिए र हाम्रो बिहेभन्दा पहिले डाक्टरले उनी नपुंसक भएको पुष्टि गरिसकेका थिए।

प्रतिक्रिया दिनुहोस