इन्डोनेसियामा ७ सय वर्ष पुरानो गणेशको मूर्ति, जसलाई ३ लाखले पूजा गर्छन्

हिन्दूहरुका भगवान गणेशको एक अनौठो मूर्ति इन्डोनेसियाको माउन्ट ब्रोमोमा भेटिएको छ । त्यसो त, इन्डोनेसियामा हिन्दु धर्मको प्रभाव रहँदैआएको छ । तर उक्त गणेशको मूर्ति ७ सय वर्ष पुरानो भएको बताइन्छ । ज्वालामुखी माउन्ट ब्रोमोको मुहानमा स्थापनादेखि नै उस्तै अवस्थामा रहँदैआएको भारतीय मिडिया दैनिक भास्करले उल्लेख गरेको छ ।

इन्डोनेसियामा १ सय ४१ वटा ज्वालामुखी छन् । जसमा १ सय ३० वटा आज पनि सक्रिय छन् । पूर्वी जावाको माउन्ट ब्रोमो तिनैमध्ये एक हो । इन्डोनेसियाका हिन्दु धर्म परिषद्का अध्यक्ष केतुत डोन्डेरले बताए अनुसार ब्रोमो पहाडमा २३२९ मिटरको उचाइमा लाभा पत्थरको गणेशको मूर्ति बनाइएको थियो ।

यस क्षेत्रका आसपासका ४८ गाउँका तीन लाख हिन्दुहरु उक्त मूर्तिलाई आफ्नो रक्षकको रुपमा पूज्दैआएकाछन् । साथै उक्त मूर्तिलाई गणपतिको रुपमा नपूज्दा अनिष्ट हुनसक्ने उनीहरुको विश्वास छ । यहाँका हिन्दुहरु ‘ब्रह्मा’लाई ‘ब्रोमो’ भन्छन् । सोही नामबाट माउन्ट ब्रोमो राखिएको मानिन्छ । अन्नपूर्ण दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस