नेपाल-भारत पेट्रोलियम पाइपलाइनबाट प्वाल पारेर इन्धन चो’री

काठमाडौं, २ माघ । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन नेपाल-भारत क्रस-बोर्डर पेट्रोलियम पाइपलाइनबाट इन्धन चो’री भएको छ । भारतीय सञ्चार माध्यम नवभारत टाइम्सको अनुसार बिहारको सिवानस्थित लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँ नजिकै पाइपलाइनबाट इन्धन चो’री भएको हो ।

भूमिगत पाइपमा प्वाल पारेर उक्त प्वालमा सानो पाइप ‘फिट’ गरेर इन्धन चोरी भएको नवभारत टाइम्सले जनाएको छ । कहिलेदेखि यसरी इन्धन चो’री हुँदै आएको हो र हालसम्म कति इन्धन चोरी भयो भन्नेबारे प्रस्ट हुन सकेको छैन। इन्डियन आयल कर्पोरेसन का अधिकारीहरुले घटनास्थलको निरीक्षण गरिसकेको जनाइएको छ । नवभारत टाइम्सका अनुसार बिहारमा यस प्रकारको चो’रीको यो पहिलो घटना हो ।

पाइपलाइनमाथिको जमिनमा इन्धन चुहावट देखिएपछि पाइपलाइनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले इन्डियन आयल कर्पोरेसनलाई जानकारी दिएका थिए। इन्डियन आयल कर्पोरेसनका कर्मचारी तथा प्राविधिक टोलीले स्थलगत अनुसन्धान गरेपछि चो’रीको तथ्य प्रका शमा आएको हो । तेल चो’री सम्बन्धी घटना बारे स्थानीय प्रहरी चौकीमा उ’जुरी समेत दर्ता भएको छ।

मेन पाइपलाइनबाट तेल चोरी भएपछि भारत सरकारको करोडौं रुपैयाँ नोक्सान भएको बताइएको छ। खेतमा डिजल बग्न थालेपछि पेट्रोलियम पाइपलाइनबाट चोरीको घटना बाहिएकाे हाे । पाइपलाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले तेल लिक भइरहेको जानकारी आइओसीका अधिकारीहरुलाई गराएका थिए। आइओसीका अधिकारीहरुले अनुसन्धान गरेपछि मात्रै मुख्य पाइपलाइनबाटै तेल चोरी भइरहेको तथ्य बाहिरियो ।

सो पाइपबाट हरेक दिन हजारौं लिटर डिजल चो’री गर्न सक्ने गरी पूर्वाधार तयार भएको पाइएको छ। २०७६ भदै २५ गते भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्ज सम्मको पाइपलाइन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भिडियो कन्फरेन्स’मार्फत उद्घाटन गरेका थिए । पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा चोरीमा कमी आउने दाबी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस