डेनियल कटवालको डिजाइनमा नीलडेभिड्सको नया“ फ्रेन्चाइजी मोडलको उद्घाटन

काठमाडौं– नेपाल तथा भारतमा आफ्नो प्रतिभाद्वारा सेलिब्रेटी हेयर स्टाइलिसको रुपमा स्थापित भैसकेका अन्तर्राष्ट्रिय हेयर स्टाइलिस नीलडेभिड कटवालले आज माघे संक्रान्तिका दिनलाई आफ्नो सपना पुरा भएको दिनको रुपमा चित्रण गरेका छन् ।

नीलडेभिडका १८ वर्षीय छोरा डेनियल कटवालले बुवाको सलून व्यवस्थापनलाई नया“ स्वरुप प्रदान गरेका छन्, त्यसैको उद्घाटन आज दिउ“सो एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।

उद्योगपति राजेन्द्र खेतान, गायक प्रमोद खरेल, गायिका ईन्दिरा जोशी, मोडल दीपक घिमिरे तथा सञ्चारकर्मी सुशिल नेपालले संयुक्त रुपमा रिबन काटेर उक्त सलूनको उद्घाटन गरेका हुन् ।

भारतको पुणेबाट सलोन म्यानेज्मेनट तथा फ्रेन्जाइज म्यानेज्मेनटमा उच्च शिक्षा हासिल गरेका डेनियलले सुन्धारास्थित यस काठमाडौं मलको पहिलो तल्लामा आफ्ना बुवाको सलूनको नया“ फ्रेन्चाइजी मोडललाई आफ्नै डिजाइनमा तयार पारेका हुन् ।

सलून उद्घाटन गर्दै उद्योगपति राजेन्द्र खेतानले नीलडेभिडले आफ्नो व्यवसायको उत्तराधिकारी पाएकोमा शुभकामना दि“दै वधाइ दि“दै सलून व्यवसायलाई जीवनशैलीको एउटा अंग बनाउन सफल भएकोमा वधाइ ज्ञापन गरे ।

गायक प्रमोद खरेलले डेनियल कटवाललाई सलून व्यवसायमा प्रगतिको कामना गर्दै आफ्ना बुवालाई नै नम्बर दुईमा पु¥याएर आफू नम्बर एक बन्ने शुभकामना दिए ।गायिका ईन्दिरा जोशीले स्वदेशदेखि विदेशसम्म नीलडेभिड्स ब्राण्डले सबैलाई आकर्षित गर्न सफल भएकोमा वधाइ ज्ञापन गरिन् ।

मोडल दीपक घिमिरेले फेसन र मोडलिङको क्षेत्रमा नीलडेभिड्स सलूनले पु¥याएको योगदानको प्रशंसा गरे ।सञ्चारकर्मी सुशिल नेपालले १५ वर्षअघि काठमाडौं मलबाटै प्रारम्भ भएको नीलडेभिड्सको यात्रा आज नेपाल र भारतमा फस्टाइरहेकोमा वधाइ ज्ञापन गरे ।डेनियलले नीलडेविड्स ब्राण्डलाई थप उचाइमा पु¥याउने उदेश्यले नीलडेविड्स सलूनको यो नया“ फ्रेन्चाइजी मोडल तयार पारेका हुन् ।

आज आघ १ गतेदेखि नै फ्रेन्चाइजी मोडल सञ्चालनमा आउ“दैछ ।यो मोडल नेपाल तथा भारतका लागि फ्रेन्चाइजी मोडल हुनेछ ।काठमाडौं मलको यो नया“ मोडल जस्तै नेपालका विभिन्न शहरहरुहरुमा नीलडेविड ब्राण्डका नया“ फ्रेन्चाइजीहरु २५ देखि ३० लाख रुपैया“को लगानीमा खोल्न सकिने डेनिडल डेविड कटवालले बताएका छन् ।

छोटो समयमै छोरा डेनियलले आफ्नो ब्राण्डलाई उचाइमा पु¥याउने कुरामा देखाएकोमा बुवा नीलडेविड ढुक्क छन् ।

नीलडेविड भन्छन्–‘मेरो लक्ष्य र सपनालाई थप उचाईमा पुर्याउने उद्देश्यले मेरो छोरा डेनियलले आजदेखि काठमाडौं मलको पहिलो तलामा नेपाल र भारतमा नीलडेविड्स सलूनको फ्रेन्चाइज बिस्तार गर्ने लक्ष्यका साथ फ्रेन्चाइज मोडल सलून भब्य रुपमा शुभारम्भ हु“दैछ । तपाईंहरु सबैको माया र आशीर्वाद डेनियलप्रति रहिरहोस् । मेरो लक्ष्मीपुर, झापादेखिको यात्रालाई मेरो छोरा डेनियलले नया“ कन्सेप्टमा अझ उचाई लग्ने सपना पुरा हु“दैछ ।’

समारोहलाई सम्बोधन गर्दै नीलडेभिड्सले सन् २०२२ मा नीलडेभिड्स फाउण्डेसन स्थापना गरेर एक सय जना गरिव तथा असाहय युवा–युवतीलाई हेयर एण्ड मेकअपको प्रशिक्षण दिएर रोजगारी समेत दिने घोषणा गरे ।

समारोहमा उनले निकट भविष्यमै चीनमा समेत आफ्नो शाखा विस्तार गर्न लागेको सुनाउ“दै दुबई तथा अष्टे«लियामा समेत नीलडेभिड्सको शाखा सञ्चालन गर्ने तयारी भैरहेको बताए ।

सञ्चारकर्मी नरेश भट्टराईद्वारा सञ्चालित उक्त समारोहमा फुटबलर समेत रहेका डेनियल डेभिड कटवालले पनि बुवाको ब्राण्डलाई अझ उचाइमा पु¥याउन मेहनत गर्ने धारणा व्यक्त गरे ।

यसैबीच डेनियलले नेपालमा साना शहरहरुका लागि लक्षित गर्दै आफ्नो नया“ ब्राण्ड केश द हेयर शप समेत ल्याउ“दैछन् । १२ देखि १५ लाख रुपैया“सम्मको बजेटमा केश सलूनमा ३ सयदेखि ५ सय स्क्वायरमा सलून बनाउन सकिने डेनियल कटवालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस