यी युवतीको घुँडामा एउटामा शान्त बच्चा,अर्कोमा शैतान जस्तो बच्चा देखिएपछि बनिन् विश्वभर भाइरल

एजेन्सी । प्रकृतिले मानिसलाई केही न केही प्रतिभा दिएकै हुन्छ । जुन ब्यक्ति आफुमा भएको प्रतिभालाई चिनेर त्यसको सदुपयोग गर्छ त्यो सफल हुन्छ चिन्न नसक्ने मानिस सामान्य रहन्छ । तर प्रकृतिले कुनै ब्यक्तिलाई यस्तो विशेष चिज दिन्छ जुन अरुसंग हुँदैन । त्यस्तै भाग्यमानी एक युवती हुन् निकोला ह्विट्लीकी किशोरी छोरी बेथ । उनको घुँडा अहिले सेलिब्रिटी बनेको छ । तपाईंले सेलिब्रिटी भएका मानिस देख्नु भएको होला, कसैको कुनै अँग मात्र सेलिब्रिटी भएको भने विरलै देख्न र सुन्न पाइन्छ ।

कहिलेकाहीँ कुकुर र बिराला वा अन्य जनावर पनि सेलिब्रिटी हुन्छन् । तर बेलायतमा निकोला ह्विट्लीकी किशोरी छोरी बेथको घुँडा चर्चामा छ । उनको अनुहार भन्दा पनि बढी घुँडा मिडियामा आउने गरेको छ । उनको अनुहारको भन्दा बढी घुँडाको चर्चा चर्चा हुन्छ । उनी कुनै सार्वजनिक कार्यक्रममा सहभागी हुँदा उनको अनुहारमा भन्दा पनि घुँडामा क्यामेरा फोकस हुन्छ ।हुन पनि साराको घुँडा हेर्नु भयो भने दुई वटैमा बच्चाजस्तै अनुहार देख्नुहुन्छ। एउटामा शान्त बच्चा देख्नुहुन्छ भने अर्कोमा शैतान।

निकोलाले बेथको बच्चा आकृति बेथ चार वर्षकी हुँदा नै थाहा पाएकी थिइन् । उनी आफ्नो छोरीको घुँडामा भएको त्यो आकृति देखेर हाँसो लाग्ने गरेको बताउँछिन् । ४२ वर्षे आमाको दाबी छ, त्यस बेलादेखि उनी छोरीको घुँडा देख्नेबित्तिकै हाँसो रोक्न सकेकी छैनन्। त्यसो त अहिले पनि छोरीको घुँडा देख्यो की उनलाई हाँसो लाग्ने गर्छ ।

यतिबेला १५ वर्षकी साराको घुँडामा तिनै दुई अनुहार स्पष्ट हुँदै आउन थालेका छन्। कतिले त ती अनुहारलाई साथीहरुले ‘एलियन’ वा भूताहा फिल्मका चरित्रझैँ भनेर जिस्क्याउने पनि गर्छन । तर निकालालाई भने त्यो उनको भाग्य सम्झिन्छिन् । किनभने साराकी १७ वर्षीया दिदी मेग पनि नाचमा उत्तिकै रुची राख्छिन् । तर वेथ जत्ती अरु चर्चित हुन सकेका छैनन् । दिदी मेगले पनि बहिनीको यो घुँडा साह्रै भाग्यमानी रहेको बताउने गर्छिन्। यही घुँडाका कारण दुई पटक युरोपेली र विश्व नृत्य च्याम्पियनसिप बेथले जितिसकिन्।

बेथलाई भने आफ्नो घुँडालाई अरुले घुरेर हेरेको देखेर दिक्क हुन्छिन् । अब यो मेरो घुँडा हो, यसमा त्यस्तो घुर्नैपर्ने कुरा के छ र, हैन ?’ आमा निकोला भन्छिन्, ‘मेरा अरु छोरीहरु पनि छन्। बेथजस्तै उनीहरु पनि नाच्न भनेपछि मरिहत्ते गर्छन् तर तिनको घुँडामा बच्चा अनुहार छैन। त्यै भएर बेथ मेरालागि विशेष छे।’

अनौठो युवती : शरीर मानिससरह, दौडिन्छिन् घोडासरह (भिडियोसहित)

विश्वमा अनेक थरीका मानिसहरु हुन्छन् । थुप्रै अनौठा गुणहरु भएका मानिसहरु पनि यस संसारमा पाइन्छन् । कतिले त त्यही अनौठोपनका कारण विश्व रेर्कडसम्म पनि बनाएका छन् । त्यस्तो गुणहरु अन्य मानिसको तुलनामा अनौठो अनि आश्चर्यजनक हुन्छ ।

हामीले बिभिन्न अनौठा खालको प्रतिभा भएका मानिसहरु पनि देख्दै आएका छौँ । यस्तै आज हामी यहाँ यस्ती अनौठो प्रतिभा भएकी महिलाको बारेमा जानकारी दिन गईरहेका छौं ।

नर्वेमा बस्ने एक महिला जो महिला मानव भएर पनि घोडा जस्तै दौडिन्छिन् । आयला किर्सटिन नामक यी महिलामा चार हातखुट्टा टेकेर घोडा जस्तै दौडिने अच्म्म खालको प्रतिभा रहेको छ ।

यी महिलाको दौडिने क्रममा क्यामेरामा कैद भिडियो पछिल्लो समय भाईरल भएको छ । जसमा उनले चार हातखुट्टा टेकेर घोडा जस्तै गरी दौडिरहेकी छिन् । उनीसँगै उनको कुकुर पनि देखिएको छ । उनको यो कलाले धेरैलाई चकित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस