२ बर्ष अघि छोरिसंग बिहे, त्यसपछि सासुसँग फिदा भएपछि लिभइन टुगेदरमा थिए ज्वाइ सासु

भोपाल । भारतको मध्य प्रदेशको राजधानी भोपालमा एक व्यक्तिले आफ्नो लिभइन पार्टनरको घाँ टी रे टे र ह त्या गरेका छन्। यी दुबै बीच सासु र ज्वाइको नाता पर्ने बताइएको छ। ह त्याको सुचना पाउनासाथ घटनास्थल पुगेको प्रहरीले श वलाई कब्जामा लिएर पोस्टमार्टमका लागि पठाएको छ। घटना भारतको भोपालस्थित अशोका गार्डन क्षेत्रको हो।

भारतीय प्रहरीका अनुसार अशोक विहार कोलोनीमा शाहीन नामकी महिला शाहरुख खान नामका युवकसँग लिभ इन टुगेदरमा बस्दै आएकी थिइन्। शनिबार शाहीन र शाहरुखबीच झगडा भयो। झगडाको कारण शाहीनको देह व्यापार थियो। शाहरुखले शाहीनलाई देह व्यापार नगर्न र यस दलदलबाट बाहिर आउन कयौँ पटक आग्रह गरेका थिए। तर उनले शाहरुखको कुरा नमानेपछि यसै विषयमा झगडा हुँदै आएको थियो।

आइतबार यसै झगडाले उग्ररुप लिएपछि शाहरुखले शाहीनको ह त्या गरिदिए। पछि आफैले गराए साथीलाई जानकारी पछि शाहरुखले आफै यसको जानकारी आफ्ना एक साथीलाई गराएका थिए। घटनाको जानकारी साथीलाई गराएपछि उनी आफ्नो फ्ल्याटबाट फरार भए।

कसैले घटनाको जानकारी प्रहरीलाई दिएको थियो। जानकारी पाउँनासाथ घटनास्थल पुगेको प्रहरीले र गत ल तप त्ति एको अवस्थामा शाहीनको श व फेला पारेको थियो। नाताले सासु ज्वाइ थिए शाहिन र शाहरुख आश्चर्यमा पार्ने कुरा त के छ भने अत्याका आरोपी शाहरुखको २ वर्ष पहिले मात्रै शाहिनको छोरीसँग विवाह भएको थियो।

विवादपछि शाहरुखको आफ्नी सासुसँग प्रेम सम्बन्ध बन्यो। त्यसपछि शाहिनले पनि आफ्ना पतिसँग सम्बन्ध विच्छेद गरिन्। सम्बन्ध विच्छेदपछि शाहिन आफ्ना ज्वाइसँग एक फ्ल्याटमा बस्दै आएकी थिइन्। भारतीय प्रहरीका अनुसार शाहिन देह व्यापारमा पनि लि प्त थिइन्। गतवर्ष उनलाई देह व्यापारको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले अहिले ह त्याका आरोपी शाहरुखको खोजी गरिरहेको छ।

यो पनि पढ्नुहोस : बच्चालाई मोबाइलको लतबाट छुटाउन यसो गर्नुस्

अधिकांश अभिभावकको साझा समस्या आफ्ना बालबच्चाहरुको मोवाइल चलाउने लत कसरी छुटाउने भन्ने हुन्छ । किनकी अधिकांश बच्चाहरु अत्याधिक मात्रामा मोवाइल चलाउने मात्र होइन, खाना खादा, होमवर्क गर्दा वा निदाउन पनि मोवाइलको माग गर्दछन् ।

अझ कतिपय अभिमावक त आफै बच्चालाई मोबाइल दिएर भुलाउएर काम गर्ने गर्दछन् । तर चिकित्सकहरु भने दैनिक ५ घण्टाभन्दा बढी समय मोवाइलमा बिताउने बच्चाहरुमा रोगको खतरा हुने चेतावनी दिन्छन् । अझ ९ देखि १० वर्षका बच्चाले अत्याधिक मात्रामा मोवाइल चलाएमा यसले मस्तिष्कको बाहिरी पत्रमा समस्या देखा पार्ने बताउँछन् ।

चिकित्सकका अनुसार मोवाइलको स्क्रिनमा धेरै समय बिताउने बच्चाको आँखा, मष्तिक तथा मुटुमा समेत असर पर्ने गर्दछ । पहिलो ६ वर्षका बच्चामा मस्तिष्क तीब्र रुपमा विकसित हुने भएकाले एक पटकमा १० मिनेटभन्दा बढी स्क्रिन हेर्नु वा चलाउनु घातक हुने बताउँछन् ।

यसले मष्तिक निष्क्रिय बनाउने गर्दछ । स्क्रिनमा अत्यधिक समय बिताउने बालबालिकामा मायोपिया वा नजिकको वस्तु नदेख्ने समस्या देखा पर्ने हुन्छ । साथै मस्तिष्कको ग्रे–म्याटरको घनत्वलाई कम गर्दछ ।

मोवाइलबाट छुटकारा दिलाउन के गर्ने ?

बालबालिकामा रहेको मोवाइलको कुलत हटाउन उनिहरुलाई मोवाइल दिएर भुलाउनुको सट्टा आफुले समय दिनुपर्ने हुन्छ ।

यसका लागि बालबालिकासँग रमाउने, उनीहरुलाई समय दिने, उनीहरुको कुरालाई प्राथमिकता दिएर सुन्ने तथा कुराकानी गर्ने गर्नुपर्दछ ।

केहि अभिभावकहरु व्यस्त भएको भन्दै समय नदिने साथै आफ्नो काममा मात्र ध्यान दिने गर्दछन् । तर यसको सट्टा उनीहरुसँग खेलेर समय बिताएमा बच्चामा रहेको मोबाइलको कुलत हटेर जान्छ ।

साथै घरमा रहेका टिभि, कम्प्युटर, ल्यापटप, मोवाइल, भिडियो गेम लगायतका विद्युतीय उपकरणलाई बच्चाको पहुँचभन्दा टाढा राख्नुहोस् ।

यदि उमेर अनुसार चलाउन दिनु परेमा पनि निश्चित समत तोकेर मात्र दिनुहोस् । उनीहरुलाई रोचक कथा, प्रसंग तथा नविनतम जानकारी दिनुहोस् । यसो गर्नाले उनीहरुमा रहेको मोवाइलको लत हटेर जानेछ ।

प्रतिक्रिया दिनुहोस