३७ हजार अण्डाको झोलको बाढी सडकमा बग्न थालेपछि…

कहिलेकाही घटनापनि अनौठा–अनौठा हुन्छन् । हामीले सडकमा पानी, फोहोरको बाढी त देखेका छौ । तर गाडी गुड्ने सडकमा एक्कासी अण्डाको झोल बाढी बनेर आयो भने त्यो अनौठो होला । भारतको चेन्नईस्थित गुण्डीको काठिपारा फ्लाइओभरको सडक हालै अण्डाले भरिभराउ भयो । सडकको धेरै हिस्सा बुधबार अण्डाको झोलले भरियो, जब सडकमा अण्डा भरिएको एउटा मिनी भ्यान पल्टियो ।

उक्त दुर्घटनामा ३७ हजार गोटा अण्डा सडकमा पोखिए र फुटे । अण्डाको भित्री झोल सडकमा पोखिएपछि सडकमा अण्डाको खोलो बग्न थाल्यो र चिप्लो भयो । जसले गर्दा दुइपांग्रेलाई त सडकमा गुड्न हम्मे हम्मे भयो । दुर्घटनाका कारण धेरैबेरसम्म ट्राफिक जाम भयो त्यहाँ । पछि अण्डा पोखिएको ठाउँमा बालुवा ल्याएर पोखियो र मात्र सडक गाडी गुड्न लायक भयो ।
दुर्घटनामा भ्यान चालक पनि सामान्य घाइते भएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस