प्रमिलाले श्रीमानलाई मा’रेर भान्छामा गा’डिन्, त्यहीँमाथि चुलो बनाएर १ महिना खाना पकाइन्

काठमाडौं। एक महिलाले आफ्ना श्रीमानलाई मा’रेर भान्छामा गा’डिन् । यतिमात्र होइन जहाँ श्रीमानको चि’हान बनाइन त्यहीँ माथि चलो बनाएर एक महिनासम्म खाना बनाइरहिन् । यो स’नस’नीपूर्ण घ’टना भारतको मध्य प्रदेशको अनुपपुर जिल्लाको भएको आज तकको समाचारमा उल्लेख छ । ३२ वर्षकी प्रमिला नामकी ती महिलाले आफ्ना वकिल पति महेश बैनेवालको ह’त्या गरेकी हुन् ।

बिहीबार अनुपपुर पुलिसले उनलाई आफ्ना पतिको ह’त्या गरेको आ’रोपमा प’क्राउ गरेको छ । महेश एक महिनादेखि बेपत्ता भएको भन्दै पुलिसले खोजी गरिरहेको थियो । २२ अक्टोबरमा प्रमिलाले पति बेपत्ता भएको भन्दै पुलिसमा रिपोर्ट लेखाएकी थिइन् । पुलिसले बेपत्ता भएकै आधारमा अनुसन्धान अगाडि बढाएको थियो तर २१ नोभेम्बरमा यो घ’टनामा ट्वीस्ट आयो । मृ’तकका दाजु अर्जुन बैनेवालले पुलिसलाई आफ्नो भाइको घरमा केही संदिग्ध भएको बताए ।

अर्जुनका अनुसार उनी कैयौं पटक भाइको घर गए तर उनकी पत्नीले हरेक पटक उनलाई केही न केही बहाना बनाएर टारिन् । त्यसपछि पुलिस एसएचओ भानु प्रताप सिंह आफ्नो टिमका साथ उनको घरमा जाँदा उनीहरुलाई पनि केही दु’र्गन्ध महसुस भयो । जब उनीहरु किचनको नजिक गए दुर्गन्ध झनै बढ्यो । किचनमा दुर्गन्ध आएको ठाउँमा खनेर हेर्दा त्यहाँ मृ’तकको श’व भेटियो ।

श’व भेटिएपछि सोधपुछमा मृ’तककी पत्नी प्रमिलाले आफ्ना पतिको दाजु गंगालाल बैनेवालकी पत्नीसँग अवैध सम्बन्ध भएको बताइन् । यो थाहा पाएपछि प्रमिला र गंगारामले मिलेर उनलाई मार्ने योजना बनाए । प्रमिलाको यो बयानपछि गंगारामले भने आफू ह’त्याको योजनामा सहभागी नभएको दावी गरेका छन् । पुलिसले यो घ’टनामा थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस