सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य उकालो लागेको छ ।आइतबार र सोमबार लगातार ओरालो लागेको सुनको मूल्य आज भने बढेको हो ।हिजोको तुलनामा आज सुनको मूल्य तोलामा ४ सय रुपैंयाले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा छापावाला सुनको मूल्य ९२ हजार र तेजावी सुनको मूल्य ९१ हजार ५ सय निर्धारण भएको छ ।

सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य पनि केही मात्रामा बढेको छ । हिजो सोमबारको तुलनामा चाँदीको मूल्य तोलामा १५ रुपैंयाले वृद्धि भएर आज १२ सय ४५ निर्धारण भएको महासङ्घले जनाएको छ ।

यो पनि पढ्नु होस :काठमाडौ – मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का १८ वर्षीय सञ्जीव भण्डारीको निधन थप रहस्यमी बन्दै गएको छ । राजनीतिक र सामाजिक रुपमा नजिएका एकजना अग्रजको घरमा बस्न गएका उनको अकस्मात निधन भएको हो । उनी पुष १२ गते घरवाट निस्किएका थिए । सोमवार घर फर्कने भनेर आमालाई भनेका उनी मंगलवार मृ’त फेला परेका हुन् ।

सोमवार काम परेर आउन पाइन आमा म भोली आउँछु भनेर आमालाई भनेका उनी मंगलवार पथरी शनिश्चरे नगरपालिका–१० कै युवराज बास्कोटाको घरमा मृ’त फेला परेका हुन् । सोमवार सांझ आमासंग राम्रो कुरा भएको सञ्जीव मंगलवार कसरी अकस्मात निधन भयो भन्ने कुरा रहस्यमय बनेको छ ।

सामाजिक कार्यमा बढी सक्रिय हुने सञ्जीवले युवराजलाई राजनीतिक र सामाजिक अगुवाका रुपमा गुरु मान्दै आएका थिए । त्यसैले पछिल्लो समय उनी युवराजकै घरमा धेरै बस्ने गरेको सञ्जीवको आमा राधिका भण्डारीले बताएकी छन् । ‘आज कार्यक्रममा गएर व्यस्त भए । अब भोलि ९मंगलबार० मात्रै घर आउँछु,’ सोमबार साँझ फोनमा कुरा हुँदा सञ्जीवले आमा राधिकासँग भनेका थिए ।

तर मंगलबार युवराजले नै छोरा विरामी भएकाले आउनु भन्दै आमालाई फोन गरेपछि उनी युवराजको घरमा पुगेकी थिइन् । तर छोरा विरामी होइन उनको शव देखेपछि आमाको होस उड्यो । उनी छाँगाबाट खसेजस्तै भइन् ।

सञ्जीवलाई भूइँमा सु’ता’इएको थियो । महिला र बालबालिकाको पक्षमा काम गर्ने सञ्जीव राजनीतिक विचारधारा पनि मिल्ने भएकाले युवराजसंग नजिकिएको आमाले बताउँछिन् । तर उनलाई घटना प्रति भने शंका लागेको छ । प्रहरीले घटनाको निश्पक्ष छानविन गरोस् भन्ने उनको चाहना छ । तर सञ्जीवका परिवारका सदस्य प्रहरीको अनुसन्धान प्रति सन्तुष्ट छैनन् ।।

तर, अहिले आमा राधिकालाई युवराजकै कारण छोरोको ज्यान गयो कि भन्ने लागेको छ । हरेक दिन छोरालाई ‘मर्निङ वाक’मा बोलाउन बिहानै ५–६ बजे नै स्कुटी लिएर आफ्नो घर अगाडि आउने युवराजले छोराको मृत्यु भइसक्दा समेत किन ढिला जानकारी दिए रु भन्ने प्रश्न आमाको मनमा छ ।

छोराको गर्धन, छाती र पेट फुलेको र कान निलो भएको देखेर पनि उनलाई शंका लागेको छ । त्यस माथि युवराज र उनको श्रीमतीको वयान पनि बाझिएको उनको भनाई छ । युवराजका अनुसार सञ्जीव मृ’त फेला पर्नुभन्दा अघिल्लो दिनको बेलुका खाना खाएर ‘राम्रैसँग’ सु’ते’का थिए ।

तर, युवराजकी श्रीमतीले भने अघिल्लो साँझ सञ्जीवले चाउचाउ मात्रै खाएर सु’ते’को बयान दिएकी छन्, प्रहरीसहित सबै स्थानीयको अगाडि । ‘सञ्जीवले आफु माथि लागेको आरोपको खण्डन गरेका छन् । मैले पनि ‘चेला’को रुपमा उनलाई सक्दो सहयोग गर्थेँ,’ उनले भनेका छन् मेरो घरमा घटना हुँदा मेरा परिवारका सदस्यलाई ठूलो चोट परेको छ । यो कुरा कसले बुझिदिने रु’

प्रतिक्रिया दिनुहोस