सधै ८ सय मिटर अग्लो खतरनाक पहाड चढेर विद्यालय जान्छन् यी बालबालिका

काठमाडौं – पढ्न बालबालिकाहरु जस्तोसुकै ठाउँ पार गरेर पनि विद्यालयमा पुग्ने गर्छन् । पढ्नुपर्छ भन्ने सोच भएकाले धेरै संघर्ष गरेर पढ्ने स्थानसम्म पुग्ने गर्छन् । यस्तै चीनमा यस्तो ठाउँ छ जहाँका बालबालिका अग्लो पहाड चढेर विद्यालय सम्म पुग्ने गर्छन् ।

दक्षिण–पश्चिम चीनमा बालबालिकाहरु ८ सय मिटर अग्लो पहाड चढेर पढ्न जान्छन् । अटुलेर गाउँका बालबालिकाहरु खतरनाक बाटो हुँदै चट्टानमा चढेर विद्यालय पुग्ने गर्छन् ।

उनीहरु काधमा झोला राखेर ८ सय मिटर चट्टानमा चढ्ने गर्छन् । पहाडमा चढ्न अब सिढि बन्ने बतायएको छ । यहाँ जान धेरै जोखिम भएकोले जादा सानो गल्तीले कसैको ज्यान पनि जान सक्छ । हालसम्म उक्त पहाडबाट खसेर ७÷८ जनाको मृत्यु भईसकेको पनि बताइन्छ।

प्रतिक्रिया दिनुहोस