तिमीले बच्चाको अनुहार पनि देख्न पाउँदिनौ, तिम्रो मृत्यु हुन्छ भनि डाक्टरले ९९ प्रतिसत आस मारेको बच्चालाई आमाले काखमा समातेर राख्न पाउँदा

काठमाडौ । परिवारका सदस्य र डाक्टरले समेत ९९ सय प्रतिशत आस मारेको छोरालाई अहिले काखमा राख्न पाउँदा तुलसीपुर उपमहानगरपालिका( १५ कि रेशु रावतको खुसीको सिमा छैन । उनको जिवनमा चमत्कार नै भएको छ । तर पनि अझै केही समय उनले छोराको सामान्य जिवनका लागि भने संघर्ष भने गर्नुपर्नेछ ।

उनी थाइराडको समस्यामा थिइन् । त्यसैले दोस्रो बच्चाको आमा बन्न लाग्दा नै चिकित्सकले उनलाई बच्चा अस्वास्थय हुने र आमाले नै उनको अनुहार देख्न नपाउने सम्भावना बताइदिएका थिए । उनले गर्भ ६ महिनाको हुँदा नै जन्म दिएकी थिइन् । थाइराइडको उपचारकै लागि अस्पताल गएको बेलामा गत कात्तिक १ गते उनले घोराहीस्थित गोरखा हस्पिटलमा अकस्मात बेथा लागेपछि छोरा जमाएकी थिइन् ।

शल्यकृया गरेर उनको बच्चा जन्मिएको थियो । चिकित्सकले नै आश नगरेका हुनाले उपचार सुरु गरिएन । तर बच्चाले आँखा हेरिरहेको उनका श्रीमानले देखे । आँखा हेरिरहेको देखेपछि उनलाई पनि बाँच्छ कि भन्ने आशा जाग्यो। अनि तत्कालै छोरालाई २४ किलोमिटर पश्चिम तुलसीपुरको तुलसी बाल हस्पिटलमा ल्याएर भर्ना गरे। त्यती बेला पनि उनलाई चिकित्सकले आश लाग्ने कुरा भनेनन् ।

त्यहाँ दुई महिना उपचार गराउँदा उनले भोगेका समस्या त झन सुनिनसक्नु छ । दुई महिनापछि बच्चालाई इन्फेक्सन भयो। उसको शरीरमा सेतो रगतको अभाव देखियो। त्यसका लागि उनलाई उपचारका लािग कि बाँके कि काठमाडौ लैजानुपर्ने भयो । बाँके नजिक पर्ने भएकाले उनले त्यतै लगिन् । त्यहाँ पनि उनले चिकित्सकको राम्रो कुरा सुन्न पाइनन् । ।

यो बच्चा भेन्टिलेटरबिना दुई महिनासम्म कसरी बाँच्यो भन्दै डाक्टर नै आश्चर्यमा परेको कुरा उनी अहिले पनि सम्झन्छिन् । सबैले मनोबल गिराउने कुरा मात्रै गरे। अहिले उनको छोरा ३ महिनाको भएका छन् । तर यो बिचमा उनले लाखौं रुपैया खर्च गरिन् । बाँकेवाट अहिले उनले छोरालाई फेरी दाङमै फर्काएकी छन् । तुलसीपुरमै वा दाङमै सेतो रगत चढाउने मेसिन भइदिएको भए रेशुले यतिका खर्च र झन्झट व्यहोर्नु पर्थेन।

बाँकेबाट आएपछि तुलसी हस्पिटलले केही दिन बच्चालाई राखेर उपचार गर्‍यो। अवस्था सुधार हुँदै गयो। सोमबार हस्पिटलले बच्चालाई डिस्चार्ज गरेर उनको काखमा दिएपछि उनको हर्षका आँशु खसे । अहिले पनि बच्चालाई अक्सिजन लगाउनु पर्छ। त्यसैले रेशुले छोराकै लागि भनेर तुलसीपुर बजारमै हस्पिटल नजिकै कोठा लिएर बसेकी छन्। उनी छोरा कहिले सामान्य अवस्थामा फर्कन्छ भनेर दिन गनेर बसेकी छन् ।

प्रतिक्रिया दिनुहोस