सामाजिक सञ्जालमा भाइरल शरीरभरी ट्याटु बनाएका यी ‘सिक्स प्याक’ पुरुष को हुन ? (तस्वीरसहित )

एजेन्सी- पछिल्लो समय एक युवकका तस्वीर सामाजिक सञ्जालमा भाइरल छन् । फेसबुक, टिकटक तथा ट्वीटरमा यी युवकको तस्विर भाइरल बनाइएको छ । कसैले मेरो क्रस भन्दै फेसबुक तिर पोस्ट्याईरहेका छन भने कसैले मेरो साथीको क्रस भन्दै पोस्ट गरेको पाइन्छ । निकै नै आकर्षक शरीर बनाएका यी पुरुष वास्तवमा म्यानमारका गायक तथा मोडल पेइङ्ग तखोन हुन ।

पप गीत गाउने उनी सन १९९६ सेप्टेम्बर १७ मा म्यानमारको तनिनथारी राज्यमा जन्मिएका भए पनि खमौक्गी शहरमा हुर्किएका हुन । उनले म्यानमारको यङोन शहरको डिस्टेन्स एजुकेशन विश्व विद्यालयमा मनोविज्ञानशास्त्रको अध्ययन गरिरहेका छन् ।

उनले २०१४ देखि ट्रेनिंङ् लिदै र्‍र्याम्पमा क्याटवाक गर्दै गर्दा उनलाई धेरै मात्रमा विज्ञापनहरुमा खेल्ने अबसर मिल्यो । त्यसपछी उनी केही म्युजिक भिडियो र पत्रपत्रिकाहरुमा छाए । ०१७ यता उनी विश्वमाझ चर्चित हुन पुगे । पेइङ्ग तखोनले मिड नाईट ट्राभलर चलचित्रबाट आफ्नो फिल्मी यात्रा सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस