श्रीमानलाई ढाँटेर विवाहित डाक्टरसंग प्रेम, डाक्टरले लगाइदिए वि’षको इन्जेक्सन

काठमाडौ । विवाहेत्तर सम्बन्धका कारण एक महिलाले अनाहकमा ज्यान गुमाउनु परेको छ । श्रीमानलाई ढाँटेर प्रेमीसंग गएकी एक महिलाको निधन भएको छ । विवाहित महिलाको एक डाक्टरसंग प्रेम थियो । ति डाक्टर पनि विवाहित थिए । तर ति डाक्टरले भने प्रेमको नाटक मात्र गरेका थिए ।

भारतको गाजियाबादमा, प्रहरीले सेप्टेम्बर ७ मा डा’स’ना क्षेत्रबाट हराइरहेकी एक महिलाको खोजी थालेपछि यस्तो रहस्य खुलेको हो । डाक्टर प्रेमीले महिलालाई प्रेमको नाटक गरे । उनलाई नोएडा लगे र त्यसपछि वि’षा’लु इन्जेक्सन लगाइदिए । सुई लगाएपछि ति महिलालाई चण्डीगढ़ लिएर गएको समेत खुलेको छ ।

महिला हराएको लामो समय पछि उनको फोनको अनुसन्धान गर्दा ति महिला उनै डाक्टरसंगको सम्पर्कमा रहेको खुलेपछि प्रहरीको अनुसन्धानको घेरामा ति डाक्टर आएका थिए । अहिले ति डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

सेप्टेम्बरमा ७ मा ३१ वर्षीया महिला शबाना पत्नी यामीन गजियाबादको मसुरी क्षेत्रबाट हराएकी थिइन् । हराएको महिलावारे मसुरी पुलिस स्टेशनमा खोजीका लागि निवेदन दर्ता गरिएको थियो। प्रहरीले उक्त महिला डाक्टर इस्माईलको सम्पर्कमा रहेको थाहा पाएपछि प्रहरीले स्माइललाई पक्राउ गरेको हो ।

इस्माईलले केही समय अघि आफ्नो मोबाइल नम्बर परिवर्तन गरेको थियो। पुलिसले डाक्टरको पुरानो मोबाइल नम्बर खोज्यो र ईस्मेललाई उसको लोकेशनको आधारमा पत्ता लगायो।
source-etajakhabar.com

प्रतिक्रिया दिनुहोस