सदाबहार नायिका करिश्मा यस्तो फरक लुक्समा, मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता…..( तस्बिर सहित)

गोर्खाली खबर

सदाबहार नेपालि नायिका हुन करिश्मा। नेपाली फिल्ममा करिश्मा मानन्धर निकै चर्चित अभिनेत्री पनि हुन् । उनको अनुहार पोस्टरमा राखे फिल्म सफल हुने विश्वास निर्माता तथा निर्देशकमा थियो ।

२०४२ सालमा बनेको फिल्म ‘सन्तान’ बाट अभिने त्रीको रुपमा डेब्यू गरेकी थिइन् । उनले हिन्दी फिल्म ‘दंगा फसाद’ मा समेत अभिनय गरेकि थिइन् ।पछिल्लाे पटक उनले अभिनय गरेकाे फिल्म ‘हिरोज्’ हाे र त्यसपछि भने उनी अध्ययनमा व्यस्त बनेकि छिन् ।

१४ वर्षको उमेरमा कक्षा ८ मा पढ्दै गर्दा ‘सन्तान’ फिल्ममा अभिनय गरेपछि उनले अध्ययनलाई निरन्तरता दिन सकेकी थिइनन् । करिब ३ दशकपछि उनी आफ्नो पढ्ने इच्छालाई पूरा गरिरहेकी छन् ।

एसइई उत्तिर्ण भएर अहिले उनी कक्षा ११ मा भर्ना भएकी छन् ।करिअरको उत्कर्षमा रहँदा करिश्मालाई फिल्ममा खेलाउन निर्माता-निर्देशक झैँ ठूला कम्पनीबीच पनि ब्रान्डको प्रवद्र्धनका लागि विज्ञापनमा उनलाई लिन हानाथाप गर्थे ।

यसको एउटा गतिलो प्रमाण हो, नेविको बिस्कुट । २०४२/४३ सालतिर एक स्टूडियोमा करिश्माको फोटोसुट भइरहेको थियो । खाजा खाने समयमा निर्माण नियन्त्रक गेहेन्द्र धिमालले उनलाई नेविको बिस्कुट दिए ।

करिश्मा मानन्धरले चियासँग बिस्कुट खाइरहेको बेला फोटोग्राफर भीम रानाले उनलाई पोज दिन आग्रह गरे । करिश्माले पनि नेविको बिस्कुट टोक्दै मन्द मुस्कानका साथ पोज दिइन् ।

यो फोटो सम्झनाका लागि खिचेको हुनसक्ने अनुमान उनले लगाएकी थिइन् । तर, केही समयपछि उनको अनुमति बिना नै नेविको बिस्कुटले उक्त तस्विर प्रयोग गरेर पत्रपत्रिकामा विज्ञापन नै छाप्यो ।

उक्त फाेटाेमा करिश्माले कमेन्ट गर्दै लेखेकि छिन्, ‘येस्को काहानी छ शुब्रत धिमाल दाइले फोटो सुट भैराखेको बेलामा खाजा खाने समयमा चिया स्ंग यो बिस्कुट दिनु भयो र येसो पोज गरत भनेर यो फोटो खिचियो।

तर पछि त यो येस्तो पो आयो बिग्यापन ! मैले पछि धिमाल दाइ को घरमै गएर दाइ यो त बिग्यापन रहेछ खोइ मेरो पारिसश्र्मिक भनेर लियेरै छोडे। हेरौ सदाबहार नायिका करिश्माका केहि सुन्दर तस्बिर।

प्रतिक्रिया दिनुहोस