सुनको मूल्यमा भारी गिरावट, ह्वात्तै घट्यो सुनको मूल्य

ताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।भोली शनिबार सुनचाँदीको मूल्य निर्धारण नहुने भएको हुनाले शुक्रबारलाई नै सुनचाँदीको मूल्य निर्धारणमा साताको अन्तिम दिन मानिन्छ ।

हिजो बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा २ सय रुपैंयाले गिरावट आएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ९२ हजार ९ सय र तेजावी सुनको मूल्य ९२ हजार ४ सय निर्धारण भएको छ ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि केही मात्रामा घटेको छ ।महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा १५ रुपैंयाले घटेर आज १२ सय ६० कायम भएको छ ।

पुष महिनाको ९ गतेसम्म आइपुग्दा हिजो कायम भएको मूल्य यो महिनाकै महङ्गो मूल्य हो भने पुष ५ गते सोमबार ९१ हजार ६ सय कायम भएको मूल्य यो महिनाकै सस्तो मूल्य हो ।

प्रतिक्रिया दिनुहोस