भुलेर पनि कहिले नगर्नुहोस् यस्ता काम जसले भित्र्याउँछ घरमा गरिबी

यस्ता कामहरु तपाईं गर्दै नगर्नुस् । जसले तपाईंको घरमा गरिबी भित्र्याउँछ । हामीले सामान्य लागिरहेका रमाइलोका लागि गरिरहेका केही यस्ता काम छन् जसले हामीलाई गरिबीतिर धकेलिरहेको हुन्छ ।मजाकमा गरिने केही यस्ता काम जसले घरमा गरिबी भित्रिइरहेको हुन्छ । यी कस्ता काम हुन् जसलाई हामीले गर्नै हुँदैन ती बुँदागत रुपमा प्रस्तुत गरेका छौं ।

रुखमुनि पिसाब गर्ने बचपनमा हामीले रुखमुनि निकै पिसाब गर्यौं । ठूलो भएपछि पनि गर्यौं होला । रुखमुनि जीवनमा भुलेर पनि पिसाब नगर्नुहोला। यसले तपाईंको गृहस्थी जीवनमा गरिबी भित्र्याउँछ ।रुखमुनि विभिन्न ऊर्जाको बास हुन्छ । त्यही ऊर्जा तपाईंको घरभित्र पस्न सक्छ । अनि केही रुखहरु त देवी-देवताको बास गर्ने पनि छन् । तसर्थ रुखमुनि पिसाब गर्ने बानी छ भने आजैदेखि त्याग्नुहोस् ।

नाली, खोला वा जमेको पानीमा पनि पिसाब गर्दै नगर्नुस् नाली, खोला वा जमेको पानीमा पनि पिसाब गर्दै नगर्नुस् भन्नुको अर्थ यो हो कि शौचालयबाहेक बाहिर पिसाब गर्दै नगर्नुहोस् । अझ विशेषगरी पानी रहेको स्थान विशेष गरी खोला-नाला, जमेको पानी, पोखरी, पार्टी-पौवा, तलाउमा नाग देवताको बास हुने गर्छ ।

यसरी जथाभावी मूत्र विसर्जन गर्दा शरीरमा समेत नकारात्मक ऊर्जा आउने हुँदा गरिबीको बाटो तिर डोर्याउने निश्चित देखिन्छ । अझ खुला आकाशमुनि शौच गर्नु भनेको आफैंलाई क्षति हुनु हो, गरिबी निम्त्याउनु हो । बिग्रिएको काइँयोले कपाल कोर्ने काम दाँत भाँचिएको काइँयोले कपाल कोर्दा रोगको संक्रमण हुने सम्भावना बढी हुन्छ । तपाईं रोगी हुनु भनेको नै घरमा गरिबी भित्रनु हो ।

किन भने रोग लागेपछि उपचार त गर्नै पर्यो, उपचारमै सबै सम्पत्ति सकिएपछि गरिब हुनु निश्चित होइन र ? रोगले मानिसलाई बारम्बार सताएपछि खर्चजति अस्पताल र डाक्टरलाई गएपछि भित्रदैन त गरिबी ? काइँयोले कपाल कोर्नु त राम्रो कुरा हो तर बिग्रिसकेको, दाँती भाँचिएको काइँयोले कपाल कोर्नु भनेको त घरमा गरिबी भित्र्याउनु नै हो ।

घर फोहोर राख्ने काम धेरैको घरभित्र त सफा हुन सक्ला तर घर अगाडि भने फोहोर रहेछ भने त्यसले गरिबी निम्त्याउँछ । यसर्थ घरभित्र-बाहिर, वरपरको वातावरण सफा राख्न जरुरी छ ।घरभित्र फोहोर, घरबाहिर फोहोर, भान्सा फोहोर, शयनकक्ष फोहोर, शौचालय फोहोर, वरपरको वातावरण नै फोहोर भए रोगको संक्रमण फैलिने त स्वाभाविक भइहाल्यो ।

अर्को कुरा नकारात्मक ऊर्जाको विकास पनि भइरहेको हुन्छ । नकारात्मक ऊर्जा र रोगको संक्रमण फैलनु भनेको घरमा गरिबी भित्र्याउनु हो । यस्तै फोहोरै फोहोर भएको घरमा ईश्वरको दृष्टि पर्दैन, लक्ष्मीको बास हुँदैन । यसो हुनु भनेकै गरिबी हुनु हो।

मकै छोडाएर खानुहोला कतिपयले पोलेको वा उसिनेको मकै दाँतले दारेर खाने गर्छन् । बाँदरले दुई हात समाएर मकै खाए जसरी हामीले मकै दारेर खानुहुँदैन । मकै खाँदा जहिले पनि छोडाएर खानुपर्छ ।खानामा सह बसेको हुन्छ । यसले सह पनि जान्छ अनि यसले घरमा रोग र गरिबी भित्र्याउन मद्दत गर्छ । तसर्थ मकै खाँदा जहिले पनि छोडाएर खाने गर्नुहोला ।

यस्ता विषयवस्तुले हामीलाई सधैं कंगाल बनाइरहेको हुन्छ । गरिब बनाइरहेको हुन्छ । यस्ता गल्ती सामान्य लाग्न सक्छन् तर यी महत्त्वपूर्ण कुराको ख्याल हामीले सदैव राखे गरिबी भित्र्दैंन । हामी सधैं सुखी र खुसी पनि हुन सक्छौं । जी यस नेपाल बाट।

प्रतिक्रिया दिनुहोस