हिमानीकी छोरी कृतिकाले भनिन्, “बैगुणी रहेछौ गणतन्त्र जनतालाई ठूलो सपना देखाउने, थाहा नपाई जनतालाई कङ्गाल बनाएर देश लुट्ने”

गोर्खाली खबर

काठमाडाैं । पूर्व राजकुमार र राजकुमारीकी कान्छी छोरी कृतिका शाहको जन्म अक्टोबर १६, २००३ मा नारायणहिटी दरबारमा भएको थियो । रुपिस इन्टरनेश्नल स्कुलमा पढेकी कृतिका अहिले उच्च शिक्षाको लागि थाइल्यान्डमा छिन् । १७ वर्ष पुगेकी चन्चल स्वभावकी कृतिका पछिल्लो समय टिकटक भिडियो बनाउन व्यस्त छिन् ।

पूर्णिका शाह र कृतिका शाह आफ्नी आमा हिमानी शाहका साथ थुप्रै टिकटक बनाउने गरेको पाइन्छ । दिदीबहिनीको सम्बन्ध पनि निकै राम्रो छ भन्ने कुरा उनीहरुको व्यवहारबाट प्रस्ट हुन्छ ।

यसै क्रममा देशमा पार्टीहरुबीच सत्ताको लागि खिचातानी र रस्साकस्सीको फोहोरी खेल, देशमा गणतन्त्र र संघियता आए पनि सामान्य नागरिकको जीवन र दैनिकीमा कुनै पनि उल्लेखनिय परिवर्तन हुन नसकेको अवस्थामा जनताहरु बहुदल र अहिलेका पार्टीहरुको व्यवहारप्रति निराश भएका छन् ।

यस्तै निराश झल्किने मन्तव्य पारसकी छोरी कृतिका शाहले “बैगुणी रहेछौ गणतन्त्र जनतालाई ठूलो सपना देखाउने, थाहा नपाई जनतालाई कङ्गाल बनाएर देश लुट्ने” भनी ट्वीटरमा स्ट्याटस राखेकी छिन् ।

हुन पनि अहिले नेताहरु जनताको बारेमा सोच्ने, जनतलाई के गर्दा सजिलो हुन्छ भन्ने कुरामा दिमाग खियाउनु भन्दा आपसी खिचातानी र पैसा कमाउनमा मग्न रहेको अवस्थामा कृतिकाको स्ट्याटस सान्दर्भिक देखिन्छ । उनि लेख्छिन : “बैगुणी रहेछौ गणतन्त्र जनतालाई ठूलो सपना देखाउने, थाहा नपाई जनतालाई कङ्गाल बनाएर देश लुट्ने”

 

प्रतिक्रिया दिनुहोस