दुई तले घरको झ्यालबाट बालिका खसिन्, यी युवक भगवान बनेर आए र यसरी बचाए (भिडियो हेर्नुहोस्)

गोर्खाली खबर

काल नआई ज्यान जाँदैन भन्ने उखान छ । यस्तै समस्यामा भगवान्ले हात दिन्छन् पनि भनिन्छ । भगवान् निराकार छन् तर समस्यामा कहिले काँही मानिसहरु भगवान जस्तै बनेर आइदिन्छन् ।

यस्तै एक घटना भएको छ । एक युवकले झ्यालमा बालिका देख्छन् । उनी खस्ने हो कि भनेर एकछिन हेर्छन् । बालिका खस्छिन् । किशोर हत्तपत्त दौडेर समात्छन् ।

यस्तो घटना भने वरिपरीका कसैलाई पहिले थाहा हुँदैन । जब बालिका युवकको हातमा आउँछिन् । वरपरका सबै उक्त युवक भए छेउ आउँछन् ।

यो घटना टर्कीको इस्तानबुल शहरको हो । दुई वर्षीया बालिका सिरियाली नागरिक दोहा मोहम्मद हुन् । दुई तल्ले घरको झ्यालबाट दोहा खसेकी थिइन् ।

भाग्यले १७ वर्षीय अल्जेरियाली नागरिक फिउजी जाबाट घर नजिकै बाटोमा थिए । उनले बालिका खस्न लागेको देखेर रोकिए । बालिका खसेपछि समात्न सके ।

घटनामा बालिका सकुशल भइन् । बालिका बचाउने जाबाट चर्चामा छन् । उनको सर्वत्र प्रशंशा भइरहेछ । धेरैले उनलाई भगवानले वालिकाको लागि पठाएको भन्दै चर्चा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस