हिराको औंठी हराएको धेरै बर्ष पछि यसरी भेटियो, सन्सार भयो चकित

गोर्खाली खबर

धेरै वर्षअगाडि हराएको एउटा मूल्यवान औंठी एउटा गाजरले लगाएको भेटिएपछि औंठी मालिक चकित परेकी छिन् । १६ वर्ष पहिला म्यारी ग्राम्सले क्यानाडाको अल्बर्टामा आफ्नो बगैंचामा हीराको औंठी हराएका थिए । यो सन् २००४ को कुरा हो र अहिले मेरीको उमेर ८४ वर्ष छ।

क्यानाडा डेलीमा छापिएको समाचार अनुसार, यति धेरै समय बितेपछि उक्त औंठी फेला पर्ने आशा समाप्त नै भइसकेको थियो । तर, केही समय अगाडि उनले उक्त औंठी आफ्नै बगैंचामा एउटा गाजरसँगै फेला पारिन् ।

मेरीले औंठी हराएको कुरा अहिलेसम्म लुकाएरै राखेकी थिइन् । लाजले हराएको घटनाका बारेमा मेरी आफ्ना पतिसम्मलाई पनि बताएकी थिइनन् । तर, उनका छोरालाई यसबारेमा थाहा थियो ।

मेरीकी बुहारीले बगैंचामा गाजर उ’ख’ल्दा उक्त रहस्यबाट पर्दा हट्न पुग्यो । वर्षौंसम्म माटोमा रहेको औंठी बुहारीलाई गाजरमा फ’से’को अवस्थामा प्राप्त भयो ।

मेरीले औंठी हराएको घटना लु का उ न बजारबाट एउटा उस्तै देखिने सस्तो खालको औंठी किनेकी थिइन् । कुनै बेला आफ्नी सासु बस्ने गरेको उक्त फार्ममा बस्न आएकी मेरीकी बुहारी कालिन डेलीलाई गाजर खान मन लागेपछि उनले उक्त गाजर उखेलेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस