नारकीय जीवन बिताउँदै पूर्वलडाकु निर्मला : दिनभर बाहिर, राति बाख्राको कोठामा

गोर्खाली खबर

काठमाडौं । आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेकी अ चे त आमाको पी डा हेर्ने गर्छन। आमाको जलेको खुट्टा अनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन्। तत्कालीन माओवादी द्व न्द्व मा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अ चे त छिन्।

उनी बेलुका अँध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सु ता इन्छिन् अनि बिहान तिनै घरपालुवा पशुपन्छीसँगै बाहिर सारिन्छिन्। त्रिवेणी ५ जुगार जबरबोटकी निर्मला आठ वर्ष अगाडि रोगले थलिएको नागरिक दैनिकमा खबर छ ।

छिटो ठूलो हुन पाए आमाको उपचार गर्न सकिन्थ्यो कि भन्ने जीवनलाई परेको छ। आमाको दैनिकीले उनलाई असाध्य पी डा हुन्छ तर बाल्यावस्थाका उनी निरीह छन्। ‘आमा सधैं भुइँमा नां गै सु त्नु हुन्छ। सु त्ने लुगा पनि छैन अनि लगाउने कपडा पनि छैन। जाडोमा पनि यस्तै हो’, आमालाई हेर्दै जीवनले भने, ‘सानो छु, केही गर्न सक्दिनँ। छिटो ठूलो हुन पाए कमाएर औषधि गराउने मन छ।’

माओवादी लडाकुको पाँचौं डिभिजन ब्यारेक दहबनमा हुँदै निर्मला बिरामी परेकी थिइन्। पछि थलिइन्। अहिले मृ त्यु सँग ल ड् दैछिन्।

निर्मला उपचार खर्चको अभावमा मृ त्यु सँग संघर्ष गरिरहेकी छन्। ‘छारे रोग लागेको भन्थे। बढी बिरामी भएको आठ वर्षजति भयो। तीन वर्ष यता त झनै केही थाहा पाउँदिनँ। दिसापिसाब बसेकै ठाउँमा गर्छे’, निर्मलाकी ६१ वर्षीय सासू क्वारी विकले भनिन्।

निर्मलाका दुवै खुट्टा चार वर्षअघि जलेका थिए। ‘घरमा एक्लै थिई। दुईवटै खुट्टा आगोमा परेछन्। सबै जलेको। अस्पताल लैजाने पैसा थिएन। जडीबुटी खोजेर उपचार गरें’, क्वारीले घटना सुनाइन्, ‘जलेर कुहिएको खुट्टा गनाएर घरमै बस्न नसकिने।

अहिले त अलि सन्चो भ’छ।’ उनी बुहारीले भोग्नुपरेको पी डाका कारण खिन्न छिन्। ‘धेरै दुःख पाई यसले। अभागी रैछे। त्यत्रो वर्ष माओवादीका लागि ल डे की, आज म र्न का लागि ल ड् दैछे।’

दिसापिसाब तर्काउन नसकेपछि अनि जलेको खुट्टा गनाउन थालेपछि उनलाई तीन वर्षदेखि बाख्राको खोरमा राख्न थालिएको हो। ‘सुरुमा इन्डिया लगेर उपचार गरेको, भएन। धामी, झाँक्री, जडीबुटी सबै गरेम्। सन्चो होला भनेको, उस्तै छ’,सासू क्वारीले भनिन्।

छोराले माओवादीको सेना हुँदा बिहे गरेको क्वारीले सुनाइन्। ‘बिहे गरेको केही समयमै बुहारी बिरामी परी। आठ वर्षको नाति छ। बिचरोले आमाको दूध पनि खान पाएन। भैंसी र बाख्राको दूध खाएर हुर्केको हो। घर चल्न धौ भएपछि परार छोराले अर्को बिहे गर्‍यो। यो बुहारी दिनभर बाहिर बस्छे, राति बाख्राको कोठामा लग्छौं’, क्वारीले भनिन्। तस्बिर: नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस