कुकुरले यसरी बचायो एक बालक र बालिकाको ज्यान, आफू भने सधैंका लागि अस्तायो

गोर्खाली खबर

कुकुरलाई इमानदारिताको प्रतीक मानिन्छ । एक कुकुरले आफूलाई यसमा अब्बल प्रमाणीत गरेको छ । उसले आफ्नो मालिकका छोराछोरीको ज्यान बचाउन आफ्नै ज्यान दिएको छ ।

यो घटना अमेरिकाको हो । त्यहाँ फ्लोरिडा राज्यमा एक कुकुरले आफ्ना मालिकका छोराछोरी स र्प बाट बचाउन आफ्नो ज्यान दिएर स र्प को ज्यान लिएको छ ।

पिटबुल प्रजातीको उक्त कुकुरले १० वर्षकी ओरिली रिचार्डसन र ११ वर्षका ओरियन रिचार्डसनको ज्यान जोगाएको हो । बालबालिकाका आमा गिना रिचार्डसनका अनुसार ओरिली र ओरियन घरको अगाडिको आगनमा खेलिरहेका थिए ।

युएसए टुडेका अनुसार, त्यसबेला ११ महिने पिटबुल पनि उनीहरुसँग खेलिरहेको थियो । सोही समयमा स र्प आँगनमा प्रवेश गरेको थियो ।

स र्प ले कुकुरलाई ४ पटक टो के पछि कुकुरले स र्प को शिर नै का टि दिएको जनाइएको छ । उक्त कुकुर बे हो स भएपछि पशु अस्पताल तत्काल लगिएको थियो ।

तर त्यस बेलासम्म ढिला भइसकेको थियो । कुकुरको ज्यान जोगिएन । कुकुर म रे पछि ओरिली र ओरियन दुवै धरधरी रोएको आमा गिना रिचार्डसनले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस