१५ वर्षीया एलिशा ब्लड क्यान्सरसँग लड्दै : सहयोगकको याचना

गोर्खालि खबर

कान्ति बाल अस्पताल बाहिर आफ्नी छोरीको सुस्वास्थ्यको कामना गर्दै बसिरहेका छन् एक दम्पत्ती। रक्त क्यान्सरबाट पीडित छोरी अस्पतालको आइसियूमा उपचार रत छिन्।

पछिल्लो ९ दिनदेखि एक्ली छोरीको उपचारमा जुटेका यी श्रीमान् श्रीमतीको भोक प्यास सबै हराएको छ। केबल उनीहरूको कामना, प्राथना आफ्नी छोरीको स्वास्थ्यमा चाँडै सुधार होस् भन्ने छ।

रामेछापको दोरम्बाकी १५ वर्षीया एलिशा थापा मगरका माता पिता निकै ठूलो तनावमा छन्। कृष्णबहादुर थापा मगर र दीपा थापा मगरकी एउटै छोरी हुन् एलिशा। उनलाई ब्लडक्यान्सर भएपछि उपचारका लागि कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ।

ट्याक्सी चलाउने कृष्णबहादुरमाथि परेको विपत्ति

कृष्णबहादुर र दीपाकी एक्ली छोरी एलिशा परिवारको सम्पूर्ण खुशी हुन्। छोरीका लागि आमा बुवा पनि संघर्ष गरिरहेका छन्। कृष्णबहादुर ट्याक्सी चलाएरै भए पनि श्रीमती र छोरीलाई खुशी राख्ने प्रयासमा हुन्छन्।

तर, एका एक उनीहरूमाथि नसोचेको तनाव आइपरेको छ अहिले। सामान्य आर्थिक हैसियतका कृष्णबहादुर र दीपाले छोरीको उपचारमा आफूसँग भएको सम्पूर्ण रकम खर्च गरिसकेका छन्।

दिउँसो प्रहरी कार्यालयमा कार्यालय सहयोगीको काम गर्ने कृष्णबहादुर रातको समयमा भाडाको ट्याक्सी चलाउँछन्। एलिशाको अवस्था दिन्दिनै जटिल बन्दै गएको छ।

कान्तिबाल अस्पताल बाहिर श्रीमान् श्रीमती निकै तनावपूर्ण अवस्थामा भेटिन्छन्। ‘तनाव हुन्छ, चिन्ता हुन्छ नि, एक मात्रै सन्तान, पढाएर ठूलो मान्छे बनाउने कत्रो सोच छ, छोरीलाई रोगले सतायो, उनीअहिले अस्पतालको बेडमा पुगिन्,’यतिभनिसकेपछि कृष्णबहादुरले लामो स्वास फेरे।

अढाई महिनामा उनलाई सेतो रगत ७ पाउण्ड र रातो रगत ९ पाउण्ड चढाइ सकिएको छ। कान्ति बाल अस्पतालको आइसियूको बेड नम्बार ३०५ मा एशिला उपचाररत छिन्।

उनको उपचारका लागि राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १०९०१००००००४२१०४मा पैसा जम्मा गरेर सहयोग गर्न सकिन्छ। कृष्णबहादुर थापा मगरको फोन नम्बर ९८४३११८००१ हो।

प्रतिक्रिया दिनुहोस