काठमाडौँका लागि छुटेको बसमा अज्ञात समूहले आगजनी गर्‍यो

मकवानपुर– मकवानपुरमा अज्ञात समूहले यात्रुबहाक बसमा आगजनी गरेको छ । इन्द्रसरोवार गाउँपालिका–४ मा अज्ञात समूहले गाडीमा आगजनी गरेको हो ।

हेटौंडाबाट काठमाडौँका लागि छुटेको बा१३च७९६९ नम्बरको बसमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार बिहान २ बजेतिर १० जनाको समूहमा आएकाहरुले चालकलाई गाडीबाट ओरालेर बसमा आगो गलाएको मकवानपुर प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिए ।आगजनी गर्ने समूह नेकपा विप्लव समूहका कार्यकर्ता रहेको शंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस