छिमेकीले फालेको खाना खाएर हुर्केकी हुन् राखी सावन्त, यति गरिबीवाट कसरी बनिन् चर्चित कलाकार ?

गोर्खाली खबर

एजेन्सी । नोभेम्बर २५ बलिउड कलाकार राखि सावन्तको जन्मदिन हो । बलिउडमा राम्रो नतर्कीका रुपमा सबैले राखी सावंतलाई चिन्छन्। उसको धेरै फ्यान छन् । आज राखीलाई कुनै अभाव छैन । नाम दाम सबै छ । तर थोरैलाई मात्र थाहा छ कि राखीको बाल्यकाल निकै अभावमा वितेको थियो ।

राजीव खंडेलवालको शो भावनामा राखीले उनको बाल्यकालको बारेमा बताएकी छन् । आफ्नो बाल्यकालका बारेमा बताउँदा उनका आँखा भरिएका थिए । बाल्यकालमा कति समस्या भोगिन् त्यो कल्पना गर्न पनि सकिदैन । उनको आजको सफलतालाई लिएर उनको बाल्यकाल त्यस्तो थियो होला भन्ने कल्पना गर्न सकिन्न । राखीको वास्तविक नाम नीरू भेरा हो।

आफ्नो बाल्यकालको बारेमा कुरा गर्दै, राखीले भनेकी थिई( ुमेरो हात काँप्छन्, वास्तविकता बताउन मेरो मनले मान्दैन । मैले धेरै गरिबी देखे। यति गरिबी कि जब म आमाको पेटमा थिएँ, मेरी आमाले इट्टा र ढुंगामा खाना पकाउँनुहुन्थ्यो। म यस्तो गरिब परिवारकी छोरी हुँ ।

राखीले अगाडी भनिन्, आमा भन्छिन् जब म सानो थिए, हामीसँग खानेकुरा थिएन। छिमेकीहरूले खानेकुरा बाहिर फ्याँक्थे त्यो खानेकुरा आमाले ल्याउनु हुन्थ्यो अनि हामी त्यही खान्थ्यौ ।

ुजब म ठूलो भएँ, म आमालाई मैले म स्कूल जान्छु भने । तर त्यो सम्भव थिएन । ुमलाई बाल्यकालदेखि नै अभिनय र नृत्यको एकदमै मनपर्ने थियो। तर मेरो परिवारमा यो खासै मन पराइएन। मेरो कुनै गॉडफादर थिएन। म पढे लेखेको पनि थिइन् । म इन्डस्ट्रीमा आउँदा मलाई केहि पनि थाहा थिएन। मलाई अभिनय थाहा थिएन।

तर नायिका हुनु पर्ने थियो। म फिल्म उत्पादकका साथ फोटो लिने गर्थे, उनीहरू कोठा भित्रबाट एक्लै अभिनय गर्थे।

प्रतिक्रिया दिनुहोस