माछा मार्न जाँदा बालुवामा भेटियो ढुंगाजस्तो चीज, २० वर्षे युवक साढे ३ करोडको मालिक

गोर्खाली खबर

थाइल्याण्डका २० वर्षका माछा मार्ने काम गर्ने युवक कामबाट फर्किने क्रममा बालुवामा भेटेको डल्लोका कारण करोडपति बन्ने भएका छन् । उनले जनवरी ६ का दिन माछा मारेर फर्किने क्रममा बालुवामा मैनजस्तो डल्लो भेटेका थिए ।

यो डल्लो ह्वेलको बान्ता हुन सक्ने र यसको मूल्य २ लाख १० हजार पाउण्ड (३ करोड ३६ लाख रुपैयाँ) बराबर पर्ने डेलीमेलको रिपोर्टमा उल्लेख छ । चालेरम्चाइ महापनले जनवरी ६ का दिन दक्षिणी सोङख्ला प्रान्तको समिला बीचमा आफ्नो माछा मार्ने डुंगालाई किनारामा बाँधेर फर्किने क्रममा यो ७ किलोको डल्लो भेटेका थिए ।

उनका अनुसार त्यस दिन उनी मोलेट माछा मार्न भनेर गएका थिए तर अचानक मौसम खराब भएपछि उनी चाँडै किनारामा आउनु परेको थियो । उनले डुंगा थन्क्याएर फर्किने क्रममा किनारामा सेतो डल्लो देखे जसलाई पानीको छालले किनारतर्फ धकेलिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस